शुक्रबार, १४ बैशाख २०८१

प्रतिवेदनलाई बुधबार अन्तिमरुप दिने सहमति

१२ चैत्र २०७४, सोमबार ०८:५५ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ ।

सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आजको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मस्यौदामाथि दुवै पक्षले आआफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्य दलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ ।”

नेकपा (एमाले) का नेता माधवकुमार नेपाल संयोजक रहनुभएको उक्त कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त र सुवास नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल हुनुहुन्छ ।

कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ । दुवै पार्टीका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममार्फत पार्टी एकता अब छिट्टै हुने घोषणा गर्दै आउनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter