शुक्रबार, १४ बैशाख २०८१

कतार भ्रमणमा रहेका अन्सारीले गरे नेपाली समुदायसित अन्तरक्रिया

के. बि. मियाँ

१३ फाल्गुन २०७४, आईतवार १०:३८ मा प्रकाशित

दोहा,कतार ।
पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी  पार्टीका अध्यक्ष रिजवान अन्सारीले कतारमा नेपाली समुदायसित अन्तर्कृया गरेका छन्।
नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत १३ औं दोहा इन्टरनेशल इन्टरफैथ सम्मेलनमा भाग लिन आएका अन्सारीले यहाँ स्थित नेपाली समुदायसित अन्तरक्रिया गरेका हुन्।
सर्लाही मुस्लिम समाज र कपिलवस्तु मुस्लिम समाजको संयुक्त आयोजनामा भएको उक्त  कार्यक्रममा विभिन्न संघ संस्थाको उपस्थिती रहेको थियो।

अन्सारीले आफ्नो कतार भ्रमणबारे नेपाली समुदायलाई जानकारी दिंदै कतार निर्माणमा नेपाली श्रमको उल्लेख्य योगदान रहेको र कतारले पनि नेपालमा लगानी गर्न चाहेको तर स्थिर राजनीतिक अवस्था नभएकोले कतारी पक्ष लगानी गर्न तैयार  नरहेको आफुले महसुस गरेको उनले बताए।

‘कतारलाई आत्मावोध छ, नेपालीले कतार निर्माण गरे, नेपालभित्र वातावरण निर्माण भए कतारले नेपालको बिकासमा लगानी गर्न इच्छुक रहेको महसुस गरेको छु ।’ अन्सारीले भने ‘जहाँ कतारको कुनै कुटनैतिक सम्बन्ध नै छैन त्यस्ता देशमा उसको ठूलो लगानी छ, कतारसित हाम्रो करीव चार दशको सम्बन्ध छ तर हामीले लगानीको लागि स्थिर वातावरण दिन सकि  रहेका छैनौं।’

नेपाली समुदायलाई सम्बोधन गर्दै अन्सारीले भने, “जसका विरुद्ध हामीले क्रान्ति गर्यौं उसलाई निस्तेज पार्नुको सट्टा टाउको उठाउने मौका दिंदै आयौं, सत्तरी वर्षदेखी एकै तत्वको विभिन्न रुपसित लडी रहनु पर्दा देशले स्थायित्व पाउन सकेन।अब स्थिरतामा जोड दिनु पर्दछ र राष्ट्रलाई सम्वृद्व बनाउन लाग्नु पर्छ भन्ने कुरामा जोड दिए।”

अन्सारीले आफ्नो संवोधनमा भने ‘यतिखेर मित्र राष्ट्र कतार र यहाँका जनता नाकावन्दीको ज्यादतीलाई झेली रहेका छन् तरपनि एक ढिक्का भएर उनीहरु ठुला शक्तिहरुको ज्यादतीको सामना गरिरहेका छन। ‘नाकावन्दी कुनैपनि समस्याको हल होइन र वार्ताबाट समस्याको हल निकाल्नु पर्दछ’ उनको जोड थियो।

नेपाली समुदायलाई नसीहत दिंदै अन्सारीले कतारका धेरै राम्रा पक्षहरु रहेको र त्यसलाई नेपाली समुदाय खासगरी नेपाली मिडियाले खुलेर वकालत गर्न चुक्न नहुने उनले बताए।
कार्यक्रममा प्रोफेसर तथा मानवधिकारवादी मौलाना रमजान अलि मियाँ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, प्रबासी नेपाली मन्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री मोहम्मद अजीज अली, नेपाली जनप्रगतिशिल मन्चका संयोजक रकम्ध्वज राई, राजपाका कतार अध्यक्ष हुसैन खान, नयाँशक्तिका संयोजक देव परियार, आदिवासी जनजाती महासंघका अध्यक्ष देवराज राई लगायत विभिन्न व्यक्तित्वहरुले आफ्ना भनाईहरु राखेका थिए।

सर्लाही समाजका मोहम्मद तनवीरले स्वागत गरेको कार्यक्रमको सभापतित्व कपिलवस्तु मुस्लिम समाजका अध्यक्ष अख्तर हुसेन गद्दीले गरेका थिए । कार्यक्रम सन्चालन समाजसेवी मोहम्मद मुक्तदा मुसलमानले गरेका थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter