सोमबार, ०८ मङि्सर २०७७

सिरहाको लहान बजारमा बम बिस्फोट, एक जना गम्भीर

१० फाल्गुन २०७४, बिहीबार ०९:४१ मा प्रकाशित

१० फागुन, सिरहा । सिरहाको लहान नगरपालिकाको शहीद चोकस्थित ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ ।

बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातीमा चोट लागेको छ ।

लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दले जानकारी दिए ।

बम कसले र किन राखेको भन्ने खुलेको छैन । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको बताएको छ ।

चौबिसै घन्टा सुरक्षाकर्मीको गस्ती हुने र प्रहरी ड्युटी बस्ने स्थानमै बिस्फोट भएकोले स्थानीय त्रसित बनेका छन् ।

करिब दुई महिना अगाडि पनि शहीद चोकको अग्रवालको साइकल स्टोरमा शक्तिशाली बम बिस्फोट भएको थियो ।

ब्यबसायीलाई लक्षित गरेर निरन्तर बिस्फोटका घटना भएपछि ब्यापारीहरु आतङ्िकत भएका छन् ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter