०६ चैत २०८२

प्रदेश

छोनाम न्वागी मनाइँदै, एक स्थानीय तहमा सार्वजनिक बिदा

हेटौँडा, २२ भदौ  लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा...बाँकी अंश →


पुल नहुँदा जोखिमपूर्ण यात्रा

बैतडी, २२ भदौ    बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् । बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज...बाँकी अंश →


दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा, शीर्ष नेताहरु सुनसरी आउने

इनरुवा, २२ भदौ  यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६आँै जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख...बाँकी अंश →


डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

मध्यपुरथिमि, २२ भदौ  देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो...बाँकी अंश →


डेढ वर्षदेखि कामचलाउ समितिको भरमा खानेपानी संस्था

तुलसीपुर, २२ भदौ    डेढ वर्षदेखि दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नयाँ नेतृत्व पाउन सकेको छैन । यसअघि भएको आठौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नेतृत्व टुङ्ग्याउन नसक्दा तत्कालीन कार्यसमितिलाई कामचलाउका रूपमा राख्ने राजनीतिक सहमति भयो । तर त्यो समितिलाई प्रशासनिक र आर्थिक कुनै अधिकार पनि दिइएको थिएन...बाँकी अंश →


काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

चितवन, २२ भदौ  अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुभएको छ । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा...बाँकी अंश →


डा झा उपाध्यक्षमा नियुक्त

जनकपुरधाम, २२ भदौ  प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरेको छ । डा झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक हुनुहुन्थ्यो । आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाई डा. झालाई नियुक्त गरिएको हो ।बाँकी अंश →


कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु

बेनी, २२ भदौ  कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरु गरिएको हो । आयोजनाका तर्फबाट पाँच र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट पाँच...बाँकी अंश →


कोशी डुबान र कटानका पीडित ‘रिले’ अनशनमा

विराटनगर, २२ भदौ    लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन् । सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी ब्यारेज निर्माण गर्दाको अवस्थामा भएको क्षतिको माग गरेका छन् । उहाँहरुले जग्गामा भएको बालीको क्षतिपूर्तिको मुआब्जा दिनुपर्ने, जग्गाको सुरक्षा गर्नु...बाँकी अंश →


काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि

काठमाडौँ, २२ भदौ  नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आज प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुङ्गो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको...बाँकी अंश →


दउवासंघ’मा श्रेष्ठ विजयी

दमक, २२ भदौ  यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको छ । आज बिहान मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको छ । अध्यक्ष, लेखा...बाँकी अंश →


महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी बढी

ललितपुर, २२ भदौ    महालक्ष्मी नगरपालिका न्यायिक समितिमा घरजग्गा विवादका उजुरी सङ्ख्या धेरै दर्ता भएका छन् । बाबुबाजेको नाममा घरजग्गा रहने, उनीहरुको मृत्युपछि सो घरजग्गा भोगचलन गर्ने नातिपनातिको पालामा परिवार सङ्ख्या बढ्दै जाँदा बस्न अपुग भई समस्या भएका कारण अन्यत्र बास हाल्न बाध्य भएर उजुरी हालेको देखिन्छ । विगतका दुई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter