
दार्चुला, २४ भदौ मार्मा गाउँपालिका–२ का लोकेन्द्रबहादुर सिंहका एक महीना अघि दुई बाख्रा र एक खसी जङ्गलमा चराउन लगेका बेला चितुवाले खाइदियो । घर नजिकै रहेको जङ्गलमा चराउन लगिएका बेला खसीबाख्रा चितुवाको शिकार बने । निकै परिश्रम गरेर पालेका खसीबाख्रा चितुवाले खाएपछि सिंह निकै निराश हुनुभयो । त्यही ठाउँ बस्ने...बाँकी अंश →
इनरुवा, २४ भदौ सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५÷०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ । जिल्लामा आव २०७४÷०७५ मा तीन लाख...बाँकी अंश →

अमरगढी, २४ भदौ जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ । आव २०७६÷०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप÷कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् । ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी...बाँकी अंश →
राँझा, २४ भदौ नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा...बाँकी अंश →

भद्रपुर, २४ भदौ झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गौरादह नगरपालिकाका वडा नं २ र ५ मा दुई साता अघि पहिलोपटक देखा परेको फौजी किराको प्रकोप कनकाई नगरपालिकाको वडा नं ५, झापा गाउँपालिकाको वडा नं ३ र कचनकबल गाउँपालिकास्थित धान...बाँकी अंश →

काठमाडौँ, २४ भदौ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्मा प्रस्तुत केही विधेयकमाथि सांसदले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिमा राख्नुभएको फरक मतप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्तिमार्फत सरकारद्वारा सङ्घीय संसद्मा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिमा छलफलका क्रममा...बाँकी अंश →

बनेपा, २४ भदौ सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । गत साउन २५ गते राति परेको भारी वर्षाका कारण चाखोलामा गएको बाढीले खोला दायाँबायाँ काटिएर ठाउँ÷ठाउँमा भासिएर क्षति पुगेको अरनिको राजमार्गको जेरोकिलो दोलालघाट सडकखण्डअन्तर्गत ५४...बाँकी अंश →

दमक, २४ भदौ चाडपर्व नजिकिँदै गर्दा चोरीको बिगबिगी बढेको भन्दै झापाको दमक नगरपालिका–८ विकास मार्गका स्थानीयले टोल सुरक्षाका लागि रात्रि गस्ती शुरु गरेका छन् । विकास मार्ग टोल आसपासका बासिन्दाको सक्रियतामा गाउँलेले महीनादिन यता दिनहुँ रात्रि गस्ती गर्न थालेका हुन् । चाडपर्व भित्रन लागेपछि टोलमा चोरको बिगबिगी बढेकाले त्यसलाई नियन्त्रण...बाँकी अंश →
रुकुमपूर्व, २४ भदौ एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ...बाँकी अंश →

इलाम, २४ भदौ राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् । केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ...बाँकी अंश →

जाजरकोट, २३ भदौ महको पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको नलगाड नगरपालिका–२ छेप्कामा मह प्रशोधन केन्द्र स्थापना भएको छ । नगरपालिकाका वडा नं १, २, ३ र ४ मा बढी मह उत्पादन हुने भएपछि यहाँ प्रशोधन केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु ५०...बाँकी अंश →

मेलम्ची, २४ भदौ समुदायको सहयोगमा रेडियो मेलम्चीको तीनतले भवन निर्माण भइरहेको छ । स्थानीय सङ्ग्रहालय, सभाकक्ष, पुस्तकालय, सूचना केन्द्रसमेत रहने सो भवन निर्माण अन्तिम चरणमा रहेको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । सात वर्षअघि स्थापना भएको सामुदायिक रेडियो मेलम्ची यस भेगकै प्रभावकारी सञ्चार माध्यम हो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: