०६ चैत २०८२

प्रदेश

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान

काठमाडौँ, २४ भदौ  चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि...बाँकी अंश →


बजेट कार्यान्वयन शुरु

हेटौँडा, २४ भदौ  चालु आर्थिक वर्षमा रु ६१ करोड बजेट रहेको मकवानपुरको मनहरि गाउँपालिकाले बजेटको कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । गाउँपालिकाले सबै वडालाई पत्राचार गरी १५ दिनभित्र उक्त बजेट अन्तर्गतका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न भनेको छ । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवराज चौलागार्इंले सबै वडामा उपभोक्ता...बाँकी अंश →


पहिलोपटक पाइपलाइनबाट इन्धनः उपभोक्तालाई मूल्यमा राहत

काठमाडौँ, २४ साउन    पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु दुई÷दुई घटाएपछि...बाँकी अंश →


सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, २४ भदा ै  प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गरीब, विपन्न, असाहय र अशक्तहरुको सार्वजनिक सेवामा सहज पहुँचका...बाँकी अंश →


सभापति देउवा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २४ भदौ  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत विषयमा विचारविमर्श भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश...बाँकी अंश →


काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान प्रारम्भ

काठमाडौँ, २४ भदौ  नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आजदेखि मुलुकभर एकसाथ प्रारम्भ भएको छ । जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान आजदेखि प्रारम्भ भई आगामी असोज ७ गते समापन हुनेछ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित...बाँकी अंश →


नवलपरासीमा डेङ्गु नियन्त्रण अभियान

परासी, २४ भदौ  पछिल्लो समय देशका ५६ जिल्लामा फैलिएको डेङ्गुको सङ्क्रमण पश्चिम नवलपरासीमा पनि देखिएको छ । हालैमात्र जिल्लामा डेङ्गुका तीन बिरामी फेला परेका छन् ।जिल्लाको बर्दघाट नगरपालिकामा दुई र रामग्राम नगरपालिकाको परासीमा एक डेङ्गु प्रभावित फेला परेका हुन् । स्वास्थ्य कार्यालयका निरीक्षक छवि गिरीका अनुसार बर्दघाटका दुई जना उपचारपछि...बाँकी अंश →


लोकतान्त्रिक ढङ्गबाट नचल्दा समस्या

गाईघाट, २४ भदौ  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न नसक्दा जनतामा विस्तारै निराशा छाउँदै गएको आरोप लगाउनुभएको छ । प्रेस युनियन उदयपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य केसीले प्रमुख प्रतिपक्षसहितका दलसमेत राम्रोसँग चल्न नसक्दा लोकतन्त्र, सङ्घीयता र गणतन्त्र...बाँकी अंश →


खातुनको उपचारमा कुनै कमी हुन नदिन निर्देशन

काठमाडौँ, २४ भदौ  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिनुभएको छ । वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उहाँको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ ।...बाँकी अंश →


मौसमी ज्वरोका बिरामी बढे

सल्यान, २४ भदौ  जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन् । मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ । भाईरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका डा प्रदीप शर्माले बताउनुुभयो । अस्पताल आउने अधिकांश बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने,...बाँकी अंश →


भरतपुर अस्पतालमा ज्वरो क्लिनिक

चितवन, २४ भदौ    भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । उहाँका अनुसार...बाँकी अंश →


तेमालमा १५ मुद्दाको फैसला

बनेपा, २४ भदौ  तेमाल गाउँपालिकाको न्यायिक समितिमा दर्ता भएकामध्ये १५ मुद्दाको फैसला भएको छ । गएको दुई आर्थिक वर्षमा करीब २३ मुद्दा दर्ता भएकामा बाँकी जिल्लामा सिफारिश गरिएको पालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक दुर्गामाया तामाङले बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आउनुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालसम्म पुगिसकेको, न्यायिक समितिमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter