
तुलसीपुर, २५ भदौ दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ...बाँकी अंश →

बनेपा, २५ भदौ काभ्रेपलाञ्चचोकको बनेपा नगरपालिका–५ आजादडाँडामा रेहको नेपाल–बनेपा पोलिटेक्निक इन्स्टिच्युटका कर्मचारी आन्दोलित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको आङ्गिक शिक्षालय सो इन्स्टिच्युटमा कार्यरत पाँच करार सेवाका कर्मचारीको नियुक्ति म्याद थप नगरिएको भन्दै राष्ट्रिय कर्मचारी सङ्गठन (सीटिइभिटी) र कर्मचारी सङ्घ (सीटिइभिटी)ले संयुक्तरूपमा थालेको आन्दोलन जारी राखेका हुन्...बाँकी अंश →

महोत्तरी, २५ भदौ दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका छन् । लामो खडेरीले धान रोपिएको खेत चिरा परेर (धाँजा फाटेर) रोपो पहेँलिदै गएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका हुन् । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत साउनमध्ययता...बाँकी अंश →
काठमाडौँ, २५ भदौ नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् । नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेको भन्दै चाँडो गर्नुपर्ने माग गरेका हुन् । नेविसङ्घका नेता लिलाबल्लभ दाहालले वर्तमान...बाँकी अंश →

सोलुखुम्बु, २५ भदौ सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले...बाँकी अंश →

बैतडी, २५ भदौ बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...बाँकी अंश →

मेलम्ची, २५ भदौ मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो । नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स...बाँकी अंश →

इलाम, २५ भदौ हात्तीपाइलेको सङ्क्रमण मानिसमा भएको वा नभएको थाहा पाउन यहाँ हात्तीपाइलेको विद्यालयस्तरीय सर्भे शुरु गरिएको छ । हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी गर्न सर्भे गर्न लागिएको हो । ‘टान्समिसन सिसमेन्ट सर्भे’ नामक सर्भे यही भदौ २२ गतेबाट इलाम र पाँचथरमा शुरु गरिएको छ...बाँकी अंश →

मु्ग्लिन, २५ भदौ पृथ्वीराजमार्गअन्र्तगत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उहाँ यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब...बाँकी अंश →

काठमाडौँ, २४ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेल ९ क्भबल इ ँभबचनजबष्०ि ले आज शिष्टाचार भेटघाट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उक्त...बाँकी अंश →
काठमाडौँ, २४ भदौ प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको...बाँकी अंश →
भजनी, २४ भदौ कैलालीको टीकापुर नगरपालिकाले निर्माण गरेको टीकापुरको मिनीबसपार्क क्षेत्र छाडा पशु चौपायाको बासस्थानको रुपमा परिणत हुँदै गएको छ । आर्थिक वर्ष २०७४÷७५ मा करीब रु २० लाख नगरपालिकाबाट र बाँकी उपभोक्ता समितिमार्फत जनश्रमदान गरी निर्माण गरिएको मिनी बसपार्क नगरप्रमुखले उद्घाटन गरेपनि पछिल्लो समय बसपार्क प्रयोगविहीन हुँदा छाडा पशु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: