०६ चैत २०८२

प्रदेश

रगतको अभाव

राजविराज, २६ भदौ  सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । “गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताउनुभयो । रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको उहाँले बताउनुभयो । बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत...बाँकी अंश →


बेनी–जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

म्याग्दी, २६ भदौ    विगत पाँच दिनदेखि अवरुद्ध रहेको बेनी–जोमसोम सडक आज बिहानबाट सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक आज बिहानबाट सञ्चालनमा आएको हो । पहिरोले करीब १३ मिटर सडकको बेस (जग÷आधार) भत्काएपछि म्याग्दीको उत्तरी क्षेत्र...बाँकी अंश →


दुई पत्रकार सम्मानित

काठमाडौँ, २६ भदौ  नेपाल खेलकूद पत्रकार (एनएसजेएफ) मञ्चले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा बुधबार दुई खेल पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल टेलिभिजनमा कार्यरत खेल पत्रकार राजु सिलवाल र खेलापाटी डटकमका निशान राई हुनुहुन्छ । सिलवाल एनएसजेएफ खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हँुदा खेलपाटीका राई सुमन भोम्जन स्मृति युवा...बाँकी अंश →


मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा

सिञ्जा २६ भदौ  पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीदेखि बजारसम्म पहिले रु १०० मा यात्रु ओसार्ने सवारीले हिजोआज रु २०० भाडा लिने गरेको स्थानीयवासी उषा बुढाले बताउनुभयो । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रुहरु आवतजावत गर्न बाध्य भएको...बाँकी अंश →


इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना आउँदै

काठमाडौँ, २६ भदौ    इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।...बाँकी अंश →


नगर बसमा महिला कन्डक्टर !

काशीराम शर्मा बाँके, २५ भदौ  नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस अबका केही दिनमै सडकमा गुड्ने भएका छन् । यसका लागि बाँकेका विभिन्न ‘रुट’मा सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको छ । स्थानीय तह आफैँले बस सञ्चालन गर्न लागेको सम्भवत यो नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा आउन लागेको बसमा...बाँकी अंश →


पीडित महिला र बालिकाका लागि एबिसी नेपाल

विराटनगर, २५ भदौ  हिंसामा परेका महिला तथा बालिकालाई स्थानीय सामाजिक संस्था एबिसी नेपालले हेरचाह गर्दै आएको छ । उक्त संस्थामा घरेलु हिंसामा परेकालाई मात्र सहयोग एवं संरक्षण गर्ने गरिएको संस्थाका अध्यक्ष विष्णु शर्मा पन्तले बताउनुभयो । उहाँले घरेलु हिंसामा परेका महिला, मानव बेचविखन, बलात्कार÷करणी, वैदेशिक रोजगार, बहुविवाह, यौन शोषण, यौन...बाँकी अंश →


भक्तपुरमा डेङ्गुको उच्च जोखिम

भक्तपुर, २५ भदौ    देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिनुभयो...बाँकी अंश →


विद्यार्थीलाई विषादी न्यूनीकरण सचेतना अभियान

काभ्रेपलाञ्चोक, २५ भदौ    पाँचखाल नगरपालिकास्थित माविका विद्यार्थीका लागि तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । लभ ग्रिन नेपाल नामक संस्थाले यस क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका मावि तहका विद्यार्थीलाई अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे भदौ दोस्रो...बाँकी अंश →


भ्रमण वर्ष मनाउन तयारी शुरु

इलाम, २५ भदौ    आउँदो वर्ष ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउनका लागि पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरु गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘टुरिजम प्याकेज’ बनाउने कामसमेत थालेका छन् । पर्यटन व्यवसायीहरुको भेलाले राजेन दङ्गालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेको...बाँकी अंश →


तातोपानीका मुहान पुरिँदै ः संरक्षणको आवश्यकता

गलेश्वर, २५ भदौ  प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् । बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका हुन् । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भल बाढी र नदी कटानको जोखिममा तातोपानीका...बाँकी अंश →


वर्षायाममा पनि खानेपानीको अभाव कायमै

बारा, २५ भदौ  बाराको जितपुर सिमरा उपमहानगरपालिकाअन्र्तगत पर्ने अम्लेखगञ्ज क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव सिर्जना भएको छ । खाने पानीका लागि स्थानीय पुराना धारा, नदी, प्राचीन ढुङ्गेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । यसको प्रभाव अति व्यस्त पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीगञ्ज राजमार्गको आसपासमा रहेका होटलमा समेत परेको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter