०५ चैत २०८२

प्रदेश

डेंगु रोग नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’

काभ्रेपलाञ्चोक, २९ भदौ  जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ । विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न थालेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आदेशअनुसर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले समायोजनमा परेका स्वास्थ्यका कर्मचारीलाई हाल डेंगु रोग...बाँकी अंश →


डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

विराटनगर, २९ भदौ  डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो । शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । महानगरपालिका...बाँकी अंश →


पासाङल्हामु राजमार्ग मर्मत शुरू

रसुवा, २९ भदौ  पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद जर्नादन ढकालको उपकरणले राजमार्ग मर्मतकार्य अगाडि भइरहेको छ । मर्मतकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र...बाँकी अंश →


स्वास्थ्यचौकी भवनमा पानी जमेपछि सेवा प्रवाहमा समस्या

खोटाङ, २९ भदौ  स्थ्यचौकी भवन जीर्ण भएर भुँइमा पानी जमेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । करीब २७ वर्षअघि निर्माण गरिएको भवन जीर्ण हुँदा वर्षात्को पानी छानाबाट चुहिने र भित्तातर्फको पर्खालबाट निस्कने पानी भुँइमा जमेर हिलाम्मे भएपछि सेवा प्रवाहमा समस्या भएको हो ।...बाँकी अंश →


शिविरबाट एकहजारले लिए सेवा

तुलसीपुर, २९ भदौ  दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् । असहाय बाल विकास नेपाल बिजौरीले शनिबार दीपेन्द्र मावि मानपुरमा आयोजना गरेको शिविरमा एक हजार ३०० बढीले सेवा लिएका हुन् । संस्थाका अध्यक्ष विष्णु चौधरीका अनुसार दाँतका १३०, आँखाका २१९, रगत परीक्षण ७५,...बाँकी अंश →


अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

कोहलपुर, २९ भदौ  बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो । भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिँदा शुक्रबार...बाँकी अंश →


दुर्घटनामा दुईको मृत्यु

चितवन, २९ भदौ  पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई...बाँकी अंश →


हनुमन्ते सफाइ अभियानको ८१ हप्ता, दुई टन फोहर व्यवस्थापन

भक्तपुर, २९ भदौ  हनुमन्ते नदी सफाइ अभियानको ८१आँै हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ । अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले...बाँकी अंश →


चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु

दैलेख, २९ भदौ  दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो । घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका...बाँकी अंश →


निग्लिहवामा भाद्र पूर्णिमा उत्सव

बुटवल, २९ भदौ  लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमाअन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक...बाँकी अंश →


समाजवादी पार्टी को पार्टी प्रवेश कार्यक्रम सम्पन्न

रूपन्देही  भाद्र २७ मर्चवार गाउँ पालिका वडा नम्बर ५ ओड़वालिया श्री जनता उच्च माध्यमिक विद्यालयमा समाजवादी पार्टी को विशाल आम सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो।   यस आम सभा कार्यक्रममा करीबन ४,००० को संख्यामा आम जनताहरु उपस्थित भएका थिए र करीबन 200 भन्दा बड़ी को संख्यामा पार्टी...बाँकी अंश →


प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

हेटौँडा, २७ भदौ    सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न गराउने लक्ष्यसहित सो कार्यक्रम सञ्चालन गरिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter