
भद्रपुर, ३१ भदौ झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताउनुभयो । उहाँका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा...बाँकी अंश →

कञ्चनपुर, ३१ भदौ मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् । ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा...बाँकी अंश →

काठमाडौँ, ३१ भदौ पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । घटनामा परी एक हजार...बाँकी अंश →

कपिलवस्तु, ३१ भदौ नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणले ज्यान मात्र गुमाएनन्, रु ५०...बाँकी अंश →

धनगढी, ३१ भदौ डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन् । नजिक र छोटो दूरीबाट विभिन्न उमेर समूहका डल्फिन सहजरूपमा देख्न सकिने भएपछि कैलालीका ती नदीका दोभान क्षेत्र सोध, खोज र...बाँकी अंश →

मध्यपुरथिमि, ३० भदौ मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ । ‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि...बाँकी अंश →

काठमाडौँ, ३० भदौ यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् ।...बाँकी अंश →

फिक्कल, ३० भदौ इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले...बाँकी अंश →

रुपन्देही, ३० भदौ भू तथा पर्यावरण संरक्षण अभियान नेपालले चरमरूपमा प्राकृतिक दोहनले पर्यावरणमा असर पु¥याएकाले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । उक्त संस्थाको केन्द्रीय समिति बैठकले अन्तरराष्ट्रियस्तरमै पर्यावरणको समस्या बढेकाले यसको संरक्षणका लागि उचित कदम चाल्न माग गरेको हो । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक...बाँकी अंश →

काठमाडौँ, ३० भदौ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान व्यापक बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा भएको छलफलमा उहाँले अनुसन्धानको क्षेत्र व्यापक बनाउँदै जानुपर्ने...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ः नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति...बाँकी अंश →

कञ्चनपुर, ३० भदौ उच्च शिक्षामा पहुँच पु¥याउने उद्देश्यले तीन जिल्लाका १६३ मुक्त कमलरीलाई उच्च शिक्षा सहयोग परियोजनाअन्तर्गत सन् २००६ देखि उपलब्ध गराउँदै आइएको छात्रवृत्ति रकमले अहिलेसम्म निरन्तरता पाएको छ । उक्त परियोजनाअन्तर्गत कमलरी बालिकालाई बैंकमार्फत उच्च शिक्षाका लागि रु दुई हजार ५०० का दरले छात्रबृत्ति रकम उपलब्ध गराउँदै आइएको प्लान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: