
सोलुखुम्बु, ३१ भदौ खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ । काठमाडाँैबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन् । सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण...बाँकी अंश →

दार्चुला, ३१ भदौ शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा निर्माण गरेका योजनाको रकम भुक्तानी नगर्दा उपभोक्ता र मजदूर समस्यामा परेका छन् । काम गरेवापत बजेट भुक्तानी नगर्दा उपभोक्ता समितिले काम गर्ने मजदूरलाई ज्याला दिन सकेका छैनन् । जसका कारण अहिले स्थानीयवासी आक्रोशित बनेका छन् । नगरपालिकाको वडा नं ८...बाँकी अंश →

दाङ, ३१ भदौ राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा वडा नं १ निवासी २४ वर्षीय सुरेश बुढाथोकी रहेका छन् । हिजो साँझ करीब ७ः३० बजे नदी तर्ने क्रममा बुढाथोकी बगेर बेपत्ता भएको र उनको...बाँकी अंश →

काठमाडौँ, ३१ भदौ जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै...बाँकी अंश →

काठमाडौँ, ३० भदौ इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र भन्नेसम्म भाव हुने नेवार समुदायका मानिस बताउँछन् । रथयात्रा गर्ने क्रममा पहिलो र दोस्रो रथ गणेश र भैरवको हुन्छ भने अन्तिममा...बाँकी अंश →

काठमाडौँ, ३१ भदौ सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही भदौ ४ गते मन्त्रिस्तरीय निर्णयबाट अब आम नागरिकले मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । अब गर्भवती र स्तनपान गराइरहेका महिला तथा १५ वर्षमुनिका बालबालिकामा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः...बाँकी अंश →

काठमाडौँ, ३१ भदौ संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ । महासभाअन्तर्गत एकसातासम्म उच्चस्तरीय बैठक हुनेछन् जसमा विश्वव्यापी स्वास्थ्य सरोकार,...बाँकी अंश →

बनेपा, ३१ भदौ व्यावसायिकरूपमा फूलखेती गर्दै आएका यहाँका किसानले पछिलो समयमा मनग्य आम्दानी गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी फूलखेती गर्ने किसानले करीब १० हेक्टर जमीनमा खेती गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष वीरेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा ३० भन्दा बढी किसानले फूलखेती गर्दै आएका...बाँकी अंश →

खोटाङ, ३१ भदौ यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत्किएको छ । बाढीपहिराका कारण कालोपत्र...बाँकी अंश →

काठमाडौँ, ३१ भदौ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो ।...बाँकी अंश →

काठमाडौँ, ३१ भदौ लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको...बाँकी अंश →

भद्रपुर, ३१ भदौ झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताउनुभयो । उहाँका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: