०१ पुष २०८२

प्रदेश

गल्ती गरेका कोही उम्कन पाउँदैनन् ः मन्त्री ढकाल

काठमाडौँ, १ असोज  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गर्नुभएपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी कारवाहीको...बाँकी अंश →


डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन ःउपप्रधानमन्त्री यादव

काठमाडौँ, १ असोज  उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराउनुभयो । पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै...बाँकी अंश →


भ्रष्टाचार विरोधी अभियान चलाइने

काठमाडौँ, १ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताउनुभएको छ । सिंहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उहाँले कुनै पनि बहाना र नाममा समाजमा हिंसा भड्काउने र लुटपाट गर्ने खालका क्रियाकपाल सह्य नहुने स्पष्ट गर्नुभयो । “अब...बाँकी अंश →


बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौँ, १ असोज  भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग,...बाँकी अंश →


धावनमार्ग विस्तारका लागि सेनालाई विकल्प

चितवन, १ असोज  भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा...बाँकी अंश →


बसले ठक्कर दिँदा एकको मृत्यु

कञ्चनपुर, १ असोज  कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नंको बस र से७प ५३२६ नं को मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै...बाँकी अंश →


सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

काठमाडौँ, १ असोज  आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ । नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा...बाँकी अंश →


सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट

काठमाडौँ, १ असोज  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम्...बाँकी अंश →


लोप हँुदै कोदोबाली

डोटी, १ असोज    जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त मात्रामा पोषकतत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा कोदोबाली विस्तारै लोप...बाँकी अंश →


छ ठाउँमा नयाँ खाद्य डिपोको प्रस्ताव

जाजरकोट, १ असोज    स्थानीयवासीलाई पायक पर्ने ठाउँमा खाद्यान्न आपूर्ति गर्न नसकिएकाले यहाँका छ ठाउँमा नयाँ डिपो राख्न प्रस्ताव गरिएको छ ।हाल रहेका डिपो पायक पर्ने ठाउँमा नहुँदा सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन कठिन भएकाले नयाँ डिपो स्थापना गर्न प्रस्ताव गरिएको हो । जिल्लाको कुशे गाउँपालिका– ३को टापुचौर, जुनिचाँदे गाउँपालिका–७ को...बाँकी अंश →


सयपत्री फूलको व्यावसायिक खेती

दमक, १ असोज    झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्तामोड तथा दमक क्षेत्रका महिलाले यसवर्ष...बाँकी अंश →


सौर्य बत्तीले बजार झिलिमिली

जुम्ला, १ असोज  सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ । तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो । अहिले तीन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter