चितवन, २३ वैशाख (रासस) ः सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको...बाँकी अंश →
रुपन्देही, २३ वैशाख ९रासस० ः लुम्विनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ग्यास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिनुभयो । ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको...बाँकी अंश →
गुलरिया, बर्दिया, २३ वैशाख (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने...बाँकी अंश →
लहान, २३ वैशाख (रासस) ः सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ । कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक,...बाँकी अंश →
इटहरी, २३ वैशाख (रासस) ः राइट हेयर राइट नाउको सहयोगमामा ब्लुडाइमण्ड सोसाइटीले आज इटहरीमा आयोजना गरेको ‘समान लिङ्गबीच वैवाहिक सम्बन्ध’ सम्बन्धी अन्तक्र्रियात्मक छलफलमा त्यसको कानूनी हैसियतका लागि आमसञ्चारले वकालत गर्नुपर्नेमा पनि जोड दिएको छ । नेपालको कूल जनसंख्याको कम्तीमा १० प्रतिशत जनसंख्या लैङ्गिक अल्पसंख्यक रहेकामा विद्यमान कानूनले उनीहरुको हक अधिकार...बाँकी अंश →
काठमाडौँ,२३ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, २३ वैशाख (रासस) ः नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो । अध्यक्ष पदमा चौहानले...बाँकी अंश →
सुरुङ्गा, झापा, २३ वैशाख (रासस) ः उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाउनु भएको छ । भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहनुभएको छ । दश वर्षसम्म वैदेशिक...बाँकी अंश →
मलेखु, धादिङ, २२ वैशाख (रासस) ः विप्लव समर्थित नेकपाका दुईजना कार्यकर्तालाई सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा आज धादिङको नीलकण्ठ नगरपालिका–८ पुलबजारबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले गिरफ्तार गरेकाहरुमा काभ्रे जिल्ला महाभारत गाउँपालिका निवासी ३२ वर्षीय महासागर लामा र धादिङको रुबीभ्याली गाउँपालिकाका ३५ वर्षीय पेम्बा लामालाई प्रहरीले गिरफ्तार गरी...बाँकी अंश →
काठमाडौँ, २२ वैशाख (रासस) ः नेपालको तीन दिवसीय भ्रमणमा रहनुभएका गणतन्त्र सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डायसिसले नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र नेपालका विश्व सम्बन्ध परिषद्ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालासँगको सम्बन्ध विस्तारलाई आफ्नो देशको सरकारले उच्च प्राथमिकता...बाँकी अंश →
धनगढी, २२ वैशाख (रासस)ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘जोन‘ र ‘सुपरजोन‘ कार्यक्रम मार्फत भइरहेका विभिन्न खेतीको उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार यहाँ गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले बजार र उद्योगीको माग अनुसारको खाद्यान्न खेती गर्न कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड...बाँकी अंश →
जाजरकोट, २२ वैशाख (रासस)ः न्यायिक समिति सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन । गाउँ तथा नगरपालिकामाउपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीलाई इजलासको अनुभूति हुन नसकेको हो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ११ महिना वितिसक्दा पनि नागरिकले न्याय सम्पादन, विकास, सहज सेवालगायतको अनुभूति गर्न...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: