१८ माघ २०८२

प्रदेश

संघीयता कार्यान्वयन उल्टो हुँदा सरकारलाई पनि दुःख ः मुख्यमन्त्री गुरुङ

सुन्दरबजार, लमजुङ, २० जेठ (रासस) ः प्रदेश नंंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा संघीय शासन प्रणाली कार्यान्वयन उल्टो भएको दाबी गर्नुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । शासन प्रणाली कार्यान्वयन उल्टो हुँदा स्थानीय तह व्यवस्थित हुन नसकेको र सरकारले पनि...बाँकी अंश →


डोल्पाको त्रिपुराकोटमा ‘एक घर एक धारा’

त्रिपुराकोट, डोल्पा, २० जेठ (रासस) ः यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटवासीलाई अब पुस्ताँैदेखि खोलाको दूषित पानी पिउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । पञ्चवर्षीय योजनाका रुपमा काम शुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजना सम्पन्न भएपछि त्रिपुराकोटका १०० घरधुरी दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा पाएका हुन् । “सयौँ वर्षअघिदेखि सिधै...बाँकी अंश →


हरिनगरामा महिलाहरुलाई बुट्टिक तालिमकाे नाममा ३ लाख नितिगत भष्टचार

कयर खबर :२० जेठ , सुनसरीको हरिनगर गाउँपालिकामा मानव अधिकार संरक्षण तथा महिला विकास केन्द्र नामक संस्थाले हरिनगर गाउँपालिका कार्यालयले महिलाहरुका लागि बुट्टिक कार्यक्रममा छुट्याएको ३ लाख ६० हजारको रकममा नितिगत भ्रष्टचार गरेको पाइएको छ । हरिनगर गाउँपालिकामा सबै सराेकारवालाहरुले अनुगमन नगर्ने र माेन बसदा संस्थाहरुले कार्यक्रमको नाममा नितिगत र...बाँकी अंश →


घलेद्वारा अदालतमा आत्मसमर्पण

विराटनगर, २० जेठ (रासस)ः सुन तस्करीको प्रकरणका अभियुक्त डा डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । घलेको जिल्ला अदालतमा बयान शुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहश हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । यसअघि, गत बिहीबार निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक शयामबहादुर...बाँकी अंश →


सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

भीमदत्तनगर, २० जेठ (रासस)ः सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीति÷निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो...बाँकी अंश →


काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ ः नेता लेखक

बाजुरा, २० जेठ (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान सरकारलाई आग्रह गर्नुभयो । सबै...बाँकी अंश →


शोकमा तानसेन बजार बन्द

पाल्पा, २० जेठ (रासस) ः रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ । मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । पाल्पा उद्योग...बाँकी अंश →


बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्दै सर्जकहरू

बन्दीपुर तनहु, २० जेठ (रासस)ः ‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर... ।’ मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको प्रस्तुत पुरानो गीत अहिले पनि यहाँको जनजिब्रोमा छाउने गरेको छ । तत्कालीन राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुर वरपरका रमणीय पहाडी दृश्यका साथै परम्परागत बस्तीले यस ठाउँलाई पहाडकी रानी उपनामले समेत चिनिन्छ ।...बाँकी अंश →


मन्त्रीद्वयबाट सवारीसाधनको प्रदूषण छड्के चेकजाँच

काठमाडौँ, २० जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी हुनुभएको हो । सो क्रममा...बाँकी अंश →


नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

बनियानी, झापा, २० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ । भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको...बाँकी अंश →


एकीकृत घुम्ती शिविरमा तीन सय बढी नागरिकता वितरण

म्याग्दी, २० जेठ (रासस) ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरमा ३०० बढी नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको घुम्ती शिविरमा ३१४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो...बाँकी अंश →


बिममा मदिरा प्रतिबन्ध

बाबियाचौर, म्याग्दी, २० जेठ (रासस) ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा मदिरा प्रतिबन्ध लगाउने निर्णय भएको छ । वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाको भेलाले विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य तथा सार्वजनिकस्थलमा जाँड, रक्सीलगायत मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो । वडाध्यक्ष रेशम जुक्जालीले सरोकारवालाको सुझाव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter