१९ माघ २०८२

प्रदेश

करसम्बन्धी विधेयकमाथि छलफल शुरु

हेटौँडा, ३० जेठ (रासस) ः प्रदेश ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले कर तथा गैरराजश्व संकलनसम्बन्धी विधेयक २०७५ को प्रस्ताव टेबुल गर्नुभयो । सो प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दीपककुमार शर्मा, लेखनाथ दाहाल, सिर्जना साय्मी, सीता अधिकारी, विजया केसी श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता...बाँकी अंश →


स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइनेः उपप्रधानमन्त्री यादव

बाह्रबिसे, सिन्धुपाल्चोक, ३० जेठ (रासस)ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताउनुभयो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक स्वास्थ्य केन्द्रको आज हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण पनि छिट्टै सम्पन्न गर्ने बताउनुभयो...बाँकी अंश →


देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल, २८ जेठ (रासस) ः देवदह नगरपालिकाले स्थानीय परिवेश र पहिचानका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी नगरभित्रका विद्यालयमा लागू गरेको छ । गौतमबुद्धको मावलीस्थलमा रहेको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठ्यपुस्तक संस्थागत र सामुदायिक दुवै विद्यालयका कक्षा ६ र ७ मा लागू गरेको हो ।...बाँकी अंश →


स्थापना दिवसका अवसरमा पदयात्रा

काठमाडौँ, ३० जेठ  नयाँशक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ पदयात्रा गरिएको छ ।  नयाँ बानेश्वर नजिकबाट शुरु भएको सो पदयात्रा बिजुलीबजार हुँदै बबहरमहलमा आएर समापन गरिएको सो पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्नुभएको थियो । पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज...बाँकी अंश →


नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका निर्णय

काठमाडौँ, ३० जेठ (रासस) ः पार्टी नेता पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले नेकपा (माओवादी केन्द्र ) परित्याग गरी गएको भन्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको छ । ती निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले...बाँकी अंश →


प्रदेश नं ५ः नीति कार्यक्रम पारित

रुपन्देही, ३० जेठ (रासस) ः प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५...बाँकी अंश →


भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ ः अध्यक्ष दाहाल

चितवन, ३० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताउनुभयो । चितवन क्षेत्र...बाँकी अंश →


वरिष्ठ कलाकार थापाको निधन

काठमाडौँ, ३० जेठ (रासस) ः वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुभएको थियो । उहाँले दुई...बाँकी अंश →


पत्रकार अर्यालको निधन

चितवन, ३० जेठ (रासस) ः राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी धर्मराज अर्यालको आज यहाँ ६३ वर्षका उमेरमा निधन भएको छ । श्वासप्रश्वास समस्याबाट ग्रस्त उहाँ दुई दिनअघि चितवन मेडिकल कलेजमा उपचारपछि घरफर्किनु भएको थियो । भरतपुर महानगरपालिका–१० स्थित आफ्नै निवासमा बिहान ११ः३० बजे उहाँको निधन भएको हो । विसं २०१२ मंसिर...बाँकी अंश →


कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

काठमाडौँ, ३० जेठ (रासस) ः चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा उहाँको पूर्णकदको शालिक निर्माण गरिने भएको छ । आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न...बाँकी अंश →


हाइड्रोपावरसँग सोलुखुम्बु र रामेछापका बासिन्दाको माग

काठमाडौँ, ३० जेठ (रासस) ः सोलुखुम्बु र रामेछापका स्थानीय बासिन्दाले यहाँ निर्माणाधीन हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग अघि सारेका छन् । व्यापारी मोती दुगडको नेतृत्व रहेको एमभी दुगड ग्रुपले निर्माण गर्न थालेको हाइड्रोपावर सञ्चालन गर्न स्थानीय जनताको स्वीकृति लिनुपर्ने र जग्गाको मुआब्जा दिनुपर्ने...बाँकी अंश →


संघीयता र प्रशासनबारे सिक्न नयाँ कर्मचारीलाई जिल्लामा

काठमाडौँ, ३० जेठ ९रासस० ः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तालीमपश्चात् कर्मचारीलाई मुलुकको अवस्था बुझ्न देशका विभिन्न ठाउँमा खटाएको छ । संघीयता कार्यान्वयनसँगै मुलुकको प्रशासनिक कार्यबारे जानकारी दिनका लागि कर्मचारीलाई विभिन्न ५० जिल्लामा २१७ शाखा अधिकृतलाई दुई महिनाको प्रयोगात्मक अभ्यासका लागि खटाइएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले जानकारी गराउनुभयो । लोकसेवा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter