१९ माघ २०८२

प्रदेश

आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल

काठमाडौँ, ९ असार (रासस) ः नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा स्थापना गर्ने सन्दर्भमा शुक्रबार यहाँ एक छलफल कार्यक्रमको आयोजना गरियो । भोजपुरे सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरुले भोजपुरमै जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक...बाँकी अंश →


दुर्घटनामा परी १५ यात्रु घाइते

नवलपरासी, ९ असार (रासस) ः पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते...बाँकी अंश →


दश वर्षभित्र दश हजार युवा उद्यमी

काठमाडौँ, ८ असार (रासस) ः आगामी दश वर्षमा १० हजार युवा उद्यमी बनाइने अभियान शुरु भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानअन्तर्गत रहेको नेपाल उद्यमशील समाजले आज ‘नेपाल उद्यमी सम्मेलन–२०१८’ आयोजना गरी सो अभियानको थालनी गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले युवालाई उद्यमी नबनाएसम्म समृद्ध...बाँकी अंश →


एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प

हेटौँडा, ८ असार (रासस) ः नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प गरेको छ । मकवानपुरको हेटाँैडामा काँग्रेसका जिल्ला सभापतिहरुको चार दिनसम्म भएको राष्ट्रिय भेलाले आज हेटौँडा घोषणापत्र जारी गर्दै पार्टी विधानसम्बन्धी सुझावलाई ध्यानमा राखी आगामी भदौमा...बाँकी अंश →


संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

काठमाडौँ, ८ असार (रासस) ः संघीय संसद्को आजको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको आज भएको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । बैठकमा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति...बाँकी अंश →


बुटवल उपमहानगरपालिकाको आधुनिक भवन बन्दै

बुटवल, ८ असार (रासस) ः बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने भएको छ । करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण हुने सो भवनमा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लक रहनेछ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले बताउनुभयो ।...बाँकी अंश →


भूकम्पपीडितको राहतका कार्य परिणाममुखी र प्रभावकारी हुनुपर्ने

प्रभाषचन्द्र झा विराटनगर, ८ असार (रासस) ः भूकम्पबाट प्रभावित प्रदेश नं १ का जिल्लालाई अतिप्रभावित जिल्लाका रुपमा दर्जा दिएर अनुदानको रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस प्रदेशका भूकम्पबाट प्रभावित छ जिल्लामध्ये मात्र ओखलढुङ्गा जिल्लालाई अतिप्रभावित र अन्य भोजपुर, धनकुटा, सोलुखम्बु, सङ्खुवासभा र खोटाङ जिल्लालाई कम...बाँकी अंश →


मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ

वीरगञ्ज, ८ असार (रासस) ः राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताउनुभयो । उहाँलाई हाल नख्खु जेलमा राखिएको...बाँकी अंश →


करोडौँ रुपैयाँ लिएर व्यापारी फरार

वीरगञ्ज, ८ असार (रासस) ः बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि...बाँकी अंश →


सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान

काठमाडौँ, ८ असार (रासस)ः सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ र कल्पना महर्जनलाई आज सम्मान गरिएको छ । कीर्तिपुर नगरपालिका र नेवाः पत्रकार राष्ट्रिय दवुले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा आरोही श्रेष्ठ र महर्जनलाई दोसल्ला ओढाएर सम्मानपत्र दिइएको छ । आरोही श्रेष्ठले करीब तीन महिना र महर्जनले करिब दुई महिना...बाँकी अंश →


खुकुरी प्रहार गरी हत्या प्रयास

लहान, ८ असार (रासस) ः सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती समूहको आक्रमणमा परी गम्भीर घाइते भएका यादवको...बाँकी अंश →


रामपुरमा इञ्जिनियरिङ कलेज सञ्चालन हुने

चितवन, ८ असार (रासस) ः त्रिभुवन विश्वविद्यालय (त्रिविवि) र भरतपुर महानगरपालिकाबीच सहकार्य गरेर रामपुरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी थालिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले त्रिविको कृषि क्याम्पस सञ्चालन गरिएको स्थान कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिएपछि बाँकी रहने करीब ४० बिगाहा जग्गामा इन्जिनियरिङ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter