
स्याङ्जा, १२ असोज सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत ¥याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् । नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका...बाँकी अंश →

म्याग्दी, १२ असोज म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी पदमार्गलगायतका पूर्वाधार निर्माणमा सो बजेट विनियोजन गरेको हो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सङ्घ सरकारले बजेट विनियोजन गरेका...बाँकी अंश →

सप्तरी, १२ असोज मैथिली साहित्य परिषद्को दुईवर्षे कार्यकालका लागि बहुमत पदसहित सतिशकुमार दत्त विजयी हुनुभएको छ । राजविराजमा आज बिहान प्रकाशित मत परिणामअनुसार २९७ मत प्राप्त गरी अध्यक्ष पदमा दत्त निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी रामखेलावन यादवले १६७ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक नथुनी दासले बताउनुभयो । परिषद् उपाध्यक्षमा...बाँकी अंश →

बेझाड, १२ असोज गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगका लागि पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुआत गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घिउजस्ता वस्तुको अन्त्य गरी वडा नं ७ को कार्यालयले भेटिपेटिकाको व्यवस्था शुरु गरेकोे हो । मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घिउकोे ठाउँमा रकम सङ्कलन गरी...बाँकी अंश →

बैतडी, १२ असोज केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण...बाँकी अंश →

चितवन, १२ असोज दलित महिला उत्थान सङ्घ (एड्वान) को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार बेलुका यहाँ सम्पन्न (एड्वान) को २०औँ साधारणसभा तथा निर्वाचनबाट उपाध्यक्षमा पम्फा नेपाली, महासचिवमा विन्दु परियार थापा, सचिवमा तीर्थकुमारी विक र कोषाध्यक्षमा सपना सुनार निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यमा राममाया विक, माया...बाँकी अंश →

इनरुवा १२ असोज उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी हुनु भएको छ । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी हुनु भएको हो । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश...बाँकी अंश →

परासी, १२ असोज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि...बाँकी अंश →

विराटनगर, १२ असोज ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने...बाँकी अंश →
लमजुङ, १२ असोज बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५,...बाँकी अंश →

चितवन, १२ असोज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको...बाँकी अंश →

सुर्खेत, १२ असोज कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: