भक्तपुर, १० असार (रासस) ः परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल...बाँकी अंश →

वीरगञ्ज, ९ असार प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको आज वीरगञ्जमा उद्घाटन गर्दै उहाँले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले आगामी...बाँकी अंश →
काठमाडौँ, ९ असार (रासस) ः धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३४.७२ प्रतिशत कम हो...बाँकी अंश →
विशेष प्रतिनिधि हरि लामिछाने ल्हासा, ९ असार (रासस) ः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उहाँको सम्मानमा नेपाली महावाणिज्यदूतावास ल्हासाले आज यहाँ आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभयो । नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गर्नुभएको सो रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो । रात्रिभोजमा प्रधानमन्त्री...बाँकी अंश →

एकराज पाठक काठमाडौँ, ९ असार (रासस) ः के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो । विसं २०७४ वैशाख २९...बाँकी अंश →

बेँशीसहर, लमजुङ, ९ असार (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताउनुभएको छ । पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीको सांगठनिक एकतासँगै वैचारिक र भावनात्मक...बाँकी अंश →
सुर्खेत, ९ असार (रासस) ः मुलुकको विकास र समृद्धिमा सामाजिक कुरीतिले पारेको नाकारात्मक प्रभाव न्यूनिकरण गर्ने उद्देश्यले सुर्खेतमा कानूनी साक्षरता अभियान सञ्चालन गरिएको छ । हिमालयन बाइबल अध्ययन प्रतिष्ठान काठमाडौँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार आयोजना गरेको कानूनी साक्षरता कार्यक्रममा अधिवक्ता केदारबहादुर खड्काले कर्णाली प्रदेशमा देखिएको बालविवाह, बहुविवाह, दाइजो...बाँकी अंश →
खजुरा, बाँके, ९ असार (रासस) ः राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ । कोकाकोला फाउण्डेशन र सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले बाढीबाट प्रभावित बालबालिकाहरुको शिक्षामा पहुँच कार्यक्रमअन्र्तगत बालमैत्री बसाइँ व्यवस्थापनका लागि सामग्रीहरु उपलब्ध गराएको हो । क्लबले...बाँकी अंश →
पाँचथर, ९ असार (रासस) ः सुख्खाग्रस्त कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा खानेपानीको हाहाकार भएको छ । केही दिनअघि सडकमा बिच्छाइएको खानेपानीको पाइप बजार व्यवस्थापनले हटाएपछि खानेपानीको समस्या भएको हो । बजारमा विगत लामो समयदेखि खानेपानीको समस्या हँुदै आएको छ । दिन बिराएर प्रतिघरधुरी ५० लिटर पानी धारामा थाप्दै आएका बजारबासीहरु...बाँकी अंश →
फलेवास, पर्वत, ९ असार (रासस) ः रोजगारीका लागि इजरायलमा रहेका प्रवासीहरूले यहाँका दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । ‘मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल’ले रक्तक्यान्सर रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि झण्डै रु...बाँकी अंश →
नवलपरासी, ९ असार (रासस) ः स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते एक महिलाको हत्या गरी फरार रहेका स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।...बाँकी अंश →

नेपालगञ्ज, ९ असार (रासस) ः नेपालमा जरोदेखि नै भ्रष्टाचार अन्त्य गर्ने हो भने कानूनी कारवाहीलाई कठोर बनाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले शुक्रबार यहाँ आयोजना गरेको सदाचारसम्बन्धी गोष्ठीका सहभागीहरुले राज्यले भ्रष्टाचार हुनै नदिने संरचनाको निर्माण गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण र नियमनकारी निकायको प्रभावकारिता बढाउँदै जानुपर्नेलगायतका सुझाव दिएका छन् ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: