२० माघ २०८२

प्रदेश

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ, २२ असार (रासस) ः प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली...बाँकी अंश →


नारायणी नदीको प्रदूषण रोक्न माग

काठमाडौँ, २२ असार (रासस) ः मुलुककै धार्मिक तथा पर्यटकीय महत्वको नारायणी नदीमा बढ्दै गएको प्रदूषण रोक्न सरोकारवालाले सम्बन्धित निकायसँग माग गरेका छन् । नदी किनारमा स्थापित उद्योगबाट उत्सर्जन भएका प्रदूषित वस्तु एवं हानिकारक रसायनिक पदार्थ प्रशोधन नगरी नारायणी नदीमा विसर्जन गर्ने गरेकाले प्रदूषण बढेको सरोकारवालाहरूको आरोप छ । पूर्वी नवलपरासीको...बाँकी अंश →


काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २२ असार (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव आज दर्ता गराएको काँग्रेसका...बाँकी अंश →


राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थागित

काठमाडौँ, २२ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद...बाँकी अंश →


चार नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

कञ्चनपुर, २२ असार ९रासस० ः कञ्चनपुरका चार नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत १६ देखि २३ महिनासम्मका बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो । यहाँका कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले रोग...बाँकी अंश →


बाँकेमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण

नेपालगञ्ज, २२ असार (रासस) ः बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागूऔषधमुक्त र दुव्र्यसनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको...बाँकी अंश →


इटहरीको बजेट रु एक अर्ब ५० करोड

इटहरी, २२ असार (रासस) ः इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी...बाँकी अंश →


नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ

काठमाडौँ, २१ असार (रासस) ः काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा नयाँ सडक...बाँकी अंश →


प्रदेशको नामकरण सम्बन्धमा ध्यानाकर्षण

काठमाडौँ, २१ असार (रासस) ः प्रदेश नं ४ को प्रदेशसभाले प्रदेशको नामाङ्कन हुन गइरहेको भन्ने समाचारका सम्बन्धमा विभिन्न आदिवासी जनजाति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आदिवासी जनजातिका सात संस्थाले आज संयुक्त प्रेस विज्ञप्तिमार्फत त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी ‘गण्डकी’ प्रदेश नामकरण गर्न लागेको...बाँकी अंश →


विनियोजन विधेयक, २०७५ माथिको छलफल

काठमाडौँ, २१ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथि सांसदहरुले आआफ्नो धारणा राख्नुभएको छ । विनियोजन विधेयक, २०७५ माथिको वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक...बाँकी अंश →


शुक्रबार बालाजु क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ २१ असार (रासस) ः वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार प्रणालीको सुधार तथा सडक विस्तारका लागि शुक्रबार विद्युत् कटौती गर्न लागिएको हो...बाँकी अंश →


विश्वकप–क्वाटरफाइनल शुक्रबारदेखि

काठमाडौँ, २१ असार (रासस)ः विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter