२१ मंसिर २०८२

प्रदेश

विपद् जोखिम न्यूनीकरणका लागि कार्ययोजना निर्माण

पशुरामधाम, १५ असोज  सुदूरपश्चिम प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका लागि नीति तथा रणनीतिक कार्ययोजना निर्माण गरिरहेको छ । कार्ययोजना निर्माणका लागि प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका जिल्लामा गएर सुझाव सङ्कलन कार्य गरिरहेको हो । डडेल्धुरा, बझाङ र डोटीका जनप्रतिनिधिको उपस्थितिमा डडेल्धुरामा पनि प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण नीति...बाँकी अंश →


साहित्य र पर्यटन सँगसँगै लगिने

काठमाडौँ, १५ असोज  त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् । संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन गर्नेमा बलराम दाहाल, प्रकाश गफाडी, रामकुमार एलन, उमेश पाण्डे, कृष्णदेव रिमाल, जीतेन्द्र रसिक, समाश्री, माधव अटल, धरणीधर गुरागाईं, गीता रेग्मी, प्रेमिला राई,...बाँकी अंश →


बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति

काठमाडौँ, १५ असोज  काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुप क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा...बाँकी अंश →


अझै परम्परागत भट्टीमा सुकाइन्छ अलैँची

इलाम, १५ असोज  भारतलगायत तेस्रो मुलुकबाट गुणस्तरीय अलैँंचीको माग बढे पनि नेपालबाट भने अझै गुणस्तरहीन अलैँची नै निकासी हुने गरेको छ । विशेषगरी अलैँची सुकाउन परम्परागत पद्दति नै अपनाउनाले पनि नेपालबाट कम गुणस्तरीय अलैँची नै विश्व बजारमा जाने गरेको छ । अलैँची सुकाउनका लागि सुधारिएका भट्टी आए पनि किसानले त्यसको...बाँकी अंश →


घोडेपानीमा पर्यटक खचाखच

गलेश्वर, १५ असोज  राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् । विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक...बाँकी अंश →


वैकल्पिक राजमार्ग बनाउने तयारी ः उपाध्यक्ष डा कँडेल

धादिङ, १५ असोज  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले सीपाइला, लामीडाँडा, गल्छी, कल्लेरी हुँदै कुम्पुर सलाङबाट बेनी दोभानको सडक निर्माण गरी वैकल्पिक राजमार्ग बनाउन लागि परेको बताउनुभएको छ । धादिङबेँसीमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले काठमाडौँ उपत्यका भित्रिने नाका नागढुङ्गा नौबिसे सडकमा जाम भइरहने र अबका...बाँकी अंश →


दशैँको मुखमा ठगिँदै यात्रु ः टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

काठमाडौँ, १५ असोज    दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा...बाँकी अंश →


आलेख ः दूषित पानी पिउन बाध्य छन् बागलुङ बजारवासी

गलकोट, १५ असोज    बागलुङ बजारका बासिन्दा दूषित पानी पिउन बाध्य छन् । बजारका स्थायी बासिन्दा र बाहिरबाट आएका हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी हेरेर बस्नुपर्ने समस्याबाट आजित छन् । पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका...बाँकी अंश →


विश्व मिलिटरी खेलकूद प्रतियोगिता प्रतिस्पर्धा गर्दै

काठमाडौँ, १५ असोज    चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो । ओलम्पिकपछिको दोस्रो ठूलो...बाँकी अंश →


“किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?”

सुर्खेत, १५ असोज    आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशँै तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी...बाँकी अंश →


दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, १५ असोज  काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उक्त दुर्घटनाको बसका चालक...बाँकी अंश →


चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

हेटौँडा, १५ असोज  मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter