२१ माघ २०८२

प्रदेश

अण्डाको मूल्य बढ्यो

चितवन, ३१ भदौ ,, अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य...बाँकी अंश →


सुदूरपश्चिमलाई विकसित बनाउनुपर्छ ,, प्रम

काठमाडौँ, ३१ भदौ ,,    प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकोसातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताउनुभयो । विश्वविद्यालयका...बाँकी अंश →


ऊर्जा नदीमा रुपान्तरण हँुदै कालीगण्डकी

म्याग्दी, ३१ भदौ ,,    म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै...बाँकी अंश →


जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जाजरकोट, ३१ भदौ ,,   यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम...बाँकी अंश →


खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

सल्यान, ३१ भदौ ,,   सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो । मृत्यु हुनेमा केसीका २ वर्षीय छोरा मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको...बाँकी अंश →


खोलाले बगाउँदा ताइवानका पर्यटक बेपत्ता

कास्की, ३१ भदौ,,    पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ । ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाउँदा बेपत्ता हुनुभएको हो । आठ जनाको समूहमा पदयात्रामा पुग्नुभएका पर्यटक चिइन चिप्लेर खोलामा...बाँकी अंश →


विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प

म्याग्दी, ३१ भदौ ,,   म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको थियो । पहिरोले भवनसहित विभिन्न ठाउँमा पैदलमार्ग...बाँकी अंश →


उपमहानगरपालिकाले कर घटाउने सहमति

जनकपुरधाम, ३१ भदौ ,,   जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो । उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली काङ्गे्रस नगर...बाँकी अंश →


दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ३० भदौ ,,    बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको...बाँकी अंश →


‘आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध छ’

राजविराज, ३० भदौ,,   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । सप्तरीको राजविराजमा आज प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विदेशमा श्रम बेचेर हुँदैन बरु आफ्नै देशमा मेहनत र मजदुरी गरे आर्थिक विकास हुन्छ भन्नुभयो । उद्योग सञ्चालन...बाँकी अंश →


फ्लुका कारण विद्यालय बन्द

राजविराज, ३० भदौ ,,   सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकोे छ । उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद् क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमख वसन्त मिश्रले राससलाई जानकारी दिनभयो ।उक्त नगरपालिकाभित्र...बाँकी अंश →


स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

राजविराज, ३० भदौ ,,   प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter