२१ माघ २०८२

प्रदेश

औषधि उत्पादनमा केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

चितवन, ८  असोज ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी जडीबुटीको प्रयोग गरेर औषधि उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । स्वास्थ्य खबर पत्रिकाको आठौँ वार्षिकोत्सव एवं नेपाल लाइभ डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित सेवाको सम्मान आठौँ हेल्थ अवार्ड २०७५ मा उहाँले यस्तो बताउनुभएको हो...बाँकी अंश →


कामपाका गैरसरकारी संस्था अनलाइन प्रविधिमा

काठमाडौँ, ८  असोज ,,   काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका सबै गैरसरकारी सङ्घसंस्थालाई अनलाइन प्रविधिमा लैजाने तयारी गरेको छ । आगामी केही दिनमै उक्त कार्यक्रमको शुरु गरिने कामपाले जनाएको छ । कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार उक्त कार्यका लागि अभ्यास अन्तिम चरणमा पुगेको छ । हाल कामपाका ३२ वटा...बाँकी अंश →


नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो

चितवन, ७ असोज ,,   नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ । सो ठाउँमा पाँच मिटर चौडा भासिएको...बाँकी अंश →


भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ

बर्दिवास, ७ असोज,,  महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो । नेपाल सरकार र निर्माण कम्पनीबीच २०७३ साल भदौ २३ भएको...बाँकी अंश →


दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित

घोराही, ७ असोज ,,    भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र अतिक्रमण गरेर सयौं घर बनेको देख्नुभएका उहाँमा त्यस्ता घर र अतिक्रमणमा परेका जग्गा कसरी फिर्ता गर्ने चिन्ता थपिएको छ । वनको जग्गामा...बाँकी अंश →


इन्द्रावतीद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

मेलम्ची, ७ असोज ,,   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजÞार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गाउँकार्यपालिकाको निर्णयलाई कसैले बेवास्ता गरी नियम उल्लङ्घन गरेको पाइएमा कÞानूनबमोजिम कारवाही गरिने इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो...बाँकी अंश →


नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

दार्चुला, ७ असोज ,,   लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन । ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग...बाँकी अंश →


घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प

म्याग्दी, ७ असोज ,,   म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध...बाँकी अंश →


नेपाल शिक्षक महासङ्घको अध्यक्षमा भट्ट

गोरखा, ७ असोज,,   नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन हुनु भएको छ । जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा उदयबहादुर भट्ट र उर्मिला विष्ट, सचिवमा श्यामप्रसाद लामिछाने, सहसचिवमा गोपालबाबु...बाँकी अंश →


प्रेस युनियनको सभापतिमा शर्मा

पाल्पा, ७ असोज ,,   प्रेस युनियन पाल्पाको आठौँ अधिवेशनबाट सभापतिमा भरत शर्मा निर्वाचित हुनुभएको छ । यसअघि पनि शर्माले युनियनको सभापति रही जिम्मेवारी बहन गर्नुभएको थियो । युनियनको उपसभापतिमा खुलातर्फ पुष्करराज रेग्मी, उपसभापतिमा महिलातर्फ मन गैरे, सचिवमा रामचन्द्र रायमाझी, कोषाध्यक्षमा बिष्णुप्रसाद खनाल र सहसचिवमा सरस्वती दङ्गाल रहनुभएको छ । त्यसैगरी...बाँकी अंश →


टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि

बैतडी, ७ असोज ,,   नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम परस्कार...बाँकी अंश →


विश्वकर्मालाई सर्वोच्चमा उपस्थित गराउने तयारी

गाईघाट, ६ असोज,,     जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी(बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter