२१ माघ २०८२

प्रदेश

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

फिदिम, १० असोज ,,  पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको छ । जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकामा विवरण सङ्कलन भइसकेको र याङवरक गाँउपालिकामा बिहीबार सम्पन्न हुँदैछ । फालेलुङ गाउँपालिकाका दुई वडामा अहिले विवरण सङ्कलन भइरहेको छ । उक्त जिल्लामा गत सोमबारसम्म ३८ हजार २८१ ले उक्त परिचयपत्रका...बाँकी अंश →


मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

इलाम, ११ असोज,,   नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भन्नुभयो, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” आज बिहान...बाँकी अंश →


तीन महीनामा लागूऔषधसहित २७ पक्राउ

दमौली, ११ असोज ,,     चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साउनमा १२, भदौमा १२ र...बाँकी अंश →


प्रेस युनियनमा सामूहिक राजीनामा

उर्लाबारी, ११ असोज ,,  नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन...बाँकी अंश →


आरोपित व्यक्तिमाथि अनुसन्धान गरिएन

काठमाडौँ, ११ असोज ,,   कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनले पत्रकार बुधबार सम्मेलन गरी सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीले आरोपित व्यक्तिमाथि अझै अनुसन्धान नै शुरु नगरेकोे तर निर्दोष व्यक्तिलाई यातना...बाँकी अंश →


बलात्कारीलाई पाँच वर्ष कैद र रु एक लाख जरिवाना

गाईघाट, १० असोज ,,   बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र रु एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिवबहादुर राईविरुद्ध सो फैसला...बाँकी अंश →


रात्रि बसमा दुई चालक अनिवार्य

अत्तरिया, १० असोज,,   प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्रि बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशमा यातायात व्यवस्थापनको जिम्मेवारी बोकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज यातायात व्यवसायीलाई मन्त्रालयमा बोलाएर सो निर्देशन दिएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी...बाँकी अंश →


विमानस्थल उडानविहीन

मुसिकोट, १० असोज,,   रुकुम पश्चिमका दुई विमानस्थल उडानविहीन बनेका छन् । जिल्लाको सल्ले र चौरजहारी विमानस्थल उडानविहीन बनेका हुन् । हवाई सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या परेको छ । विगत १५ महिनादेखि चौरजहारी विमानस्थलको हवाई सेवा ठप्प बनेको विमानस्थल स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । नेपाल वायुसेवा निगमसँग प्रयाप्त जहाज...बाँकी अंश →


‘बिजुली र सडक चाहियो माननीय ज्यू’

बाँके, १० असोज ,,   ‘हामीलाई बिजुली र सडक चाहियो माननीय ज्यू, निर्वाचनका बेला गरेका प्रतिबद्धता तपाईले पूरा गर्नैपर्छ,’ नरैनापुर गाउँपालिका–५ का सालिकराम यादवले भन्नुभयो, “हामीलाई नेपाली भएर बाँच्नु छ, तर राज्यले त्यो अधिकार खोसेको छ ।” जनतासँग सांसद नारा दिएर गाउँ पुगेका सङ्घीयसभाका सांसद महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण...बाँकी अंश →


मध्यपहाडीमा कालोपत्रे तयारी

बागलुङ, १० असोज ,,  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा कालोपत्रेको तयारी भएको छ । यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा कालोपत्रे सक्ने आयोजनाको लक्ष्य छ । कालोपत्रेको लागि पूर्वाधार तयारीको काम भइरहेको लोकमार्गका इञ्जिनीयर सुरज महर्जनले बताउनुभयो । सडक चौडा गर्ने, पहिरो नियन्त्रण, पर्खाल, नाली निर्माणलगायतका...बाँकी अंश →


मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ ,, नेता महतो

पर्सा, १० असोज,,  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल...बाँकी अंश →


बालकरामले छेडे जिब्रो

भक्तपुर, १० असोज ،،   मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभएको छ । उहाँले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेड्नुभएको हो । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उहाँले हजाराँै मानिसको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter