२२ माघ २०८२

प्रदेश

पिपिएलमा लागि १९७ खेलाडी सूचीकृत

काठमाडौँ, १२ असोज ,,   आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् ।...बाँकी अंश →


धनगढीमा प्रदर्शन

धनगढी, १२ असोज ,,   प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । स्थायी राजधानी रहने स्थान...बाँकी अंश →


लुम्बिनीलाई प्रदूषणबाट जोगाउने चुनौती

बुटवल, १२ असोज ,,   बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रलाई प्रदूषणको चपेटाबाट जोगाउन सचेत हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी र बुद्धको जीवनीसँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीको रामग्रामलगायतका क्षेत्र खुल्ला सङ्ग्रहालयको रुपमा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक वस्तुहरुको प्रदूषणबाट जोगाउन समयमै ध्यान जानुपर्नेमा समेत जोड दिइएको छ...बाँकी अंश →


शैक्षिक प्रमाणपत्र किर्ते गर्ने पक्राउ

जाजरकोट, १२ असोज ,,   रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक तेजराज पुनलाई पनि पक्राउ गरेको निमित्त प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिनुभयो...बाँकी अंश →


शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, १२ असोज ,,  सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो । सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...बाँकी अंश →


काञ्जी हाउस’ निर्माण गर्दै उपमहानगरपालिका

नेपालगञ्ज, बाँके, १२ असोज,,   नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ ९पशु थुनुवा घर० निर्माणमा चासो देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको चार विघा १२ कठ्ठा ६ धुर जग्गामा उक्त भवन निर्माण गर्न उपमहानगरपालिकाले पहल सुरु गरेको कार्यवाहक नगर प्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।...बाँकी अंश →


विषादी प्रयोगशालाका लागि रु डेढ करोड

वीरेन्द्रनगर, ११ असोज ,,   कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम शुरु...बाँकी अंश →


बालुवा निकासी खुला

मेलम्ची, ११ असोज ,,  सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले नगरभित्रका नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको छ । नगरपालिकाले इन्द्रावती, मेलम्ची र सिन्धुखोलालगायत नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको हो । यसरी सङ्कलन गरिएको बालुवा ट्रक वा टिपरद्वारा...बाँकी अंश →


संविधान संशोधनको प्रस्ताव ल्याउन माग

काठमाडौँ, ११ असोज ,,  राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उहाँले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष...बाँकी अंश →


मेलम्चीको पानी दुई महीनापछि

काठमाडौँ, ११ असोज ,,   काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताउनुभयो । कँडेलका अनुसार करीब...बाँकी अंश →


पश्चिम दाङमा तोरी क्षेत्रको योजना

घोराही, ११ असोज ,,  जिल्ला कृषि विकास कार्यालयले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम अगाडि बढाइएको हो । पश्चिम दाङको खेतीयोग्य जमीनलाई तोरी क्षेत्रका रुपमा स्थापित गर्नसके जिल्ला तेलहनमा आत्मनिर्भर हुने देखिन्छ...बाँकी अंश →


किसान उखुको भुक्तानीबाट वञ्चित

नवलपरासी, ११ असोज ,,    पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई रु ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter