
दाङ, १९ असोज,, चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ । सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि...बाँकी अंश →

लिस्बन, १८ असोज ,, दुवै मिर्गौला खराब भई उपचार गराइरहनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचारका लागि ‘नवलपुर समाज पोर्चुगल’ले आर्थिक सहयोग गरेको छ । चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो । हालसम्म रु एक लाख २३ हजार सङ्कलन भएको...बाँकी अंश →

बागलुङ, १९ असोज,, आर्थिक सहयोग जुटेका कारण पत्रकार विजय रानाको उपचार सहज भएको छ । उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । रानालाई शरीरमा रगत उत्पादन नहुने रोग देखा परेको छ । उहाँको उपचारका लागि स्वदेश तथा विदेशमा गरी हालसम्म रु २० लाख सङ्कलन भएको छ । “सहयोगले रोगसँग...बाँकी अंश →

तुलसीपुर, १९ असोज ,, दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ । एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ...बाँकी अंश →
सोलुखुम्बु, १९ असोज ,, लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना...बाँकी अंश →

रकुम, (पूर्व), १९ असोज,, रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार सोही गाउँपालिका– २ सीमचौरका २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा...बाँकी अंश →

बागलुङ, १९ असोज,, मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा दुई घण्टा ।बजारको कोलाहल र प्रदूषण पन्छाएर केहीबेरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको...बाँकी अंश →

कुश्मा, १९ असोज ,, वर्षायाम लागेपछि नदीको उच्च बहावका कारण रोकिएको कालीगण्डकी नदीमा अहिले पानीको सतह घटेसँगै जलयात्रा गर्ने क्रम शुरु भएको छ । केही दिनयता पर्वतको कुश्मा नगरपालिका–१ नयाँ पुलदेखि मिर्मीसम्मको जलयात्रा शुरु भएको हो । पानीको सतह घटेपछि विदेशी पर्यटक कालीगण्डकी नदीमा जलयात्राका लागि सम्पर्कमा आउन थालेको कालीगण्डकी...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो । शिक्षा, विज्ञान...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे । बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार ग¥यो । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँमा राखिएको...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: