२२ माघ २०८२

प्रदेश

दुर्घटनामा नौ घाइते

कावासोती, २० असोज,,   पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हँुदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो । दुर्घटना परी बसमा सवार नौ घाइतेको चितवन मेडिकल...बाँकी अंश →


जुवाखालबाट हाम फाल्दा दुईको मृत्यु

साँखु, काठमाडौँ, २० असोज,,   कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी...बाँकी अंश →


विषादी नियन्त्रण अभियान तीव्र

पशुपतिनगर, इलाम, २० असोज ,,   विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र...बाँकी अंश →


भन्सार छलेर ल्याइएका सामान सहित दुई पक्राउ

बुटवल, २० असोज,,   सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच गर्ने क्रममा डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीमा भारतको झजर...बाँकी अंश →


मङ्सिरदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

काठमाडौँ, २० असोज,,   काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी अंश →


क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

सप्तरी, १९ असोज ,,   क्षतिपूर्तिबापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले आज तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का २९ वर्षीय विजय यादव, राजविराज...बाँकी अंश →


‘पेट्रोलियम पदार्थ समृद्ध कर्णालीको आधार

दुल्लु, १९ असोज ,, कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दैलेख पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । सदरमुकाम दैलेख बजारमा आजदेखि शुरु भएका लद्यु घरेलु, कृषि उद्यम प्रदर्शनी तथा हाट बजार व्यापार मेलाको उद्घाटन समारोहमा उहाँले पेट्रोलियम पदार्थ...बाँकी अंश →


नेकपाः जिल्ला कमिटीलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन

काठमाडौँ, १९ असोज,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ ले जिल्ला तहमा एकता नहुँदासम्मका लागि पदाधिकारीहरुलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिएको छ । प्रदेश नं ३ इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले जिल्ला तहमा पार्टीको गतिविधिमा शून्यता भएपछि पूर्वनेकपा (एमाले) र पूर्वनेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका पदाधिकारीलाई आफ्ना मातहतका...बाँकी अंश →


साना सवारीले लिए मनपरी भाडा

काठमाडौँ, १९ असोज ,,   कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् । सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा रु ५७६ तोकिए पनि रु ९०० सम्म लिइएको छ । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा रु एक हजार ४१ तोकिए पनि रु एक हजार ५०० सम्म लिइएको छ । कोटेश्वरबाट...बाँकी अंश →


पप्पु कस्न्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर

काठमाडौँ, १९ असोज ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा...बाँकी अंश →


‘असर नगर्ने उद्योगलाई मात्र अनुमति’

परासी, १९ असोज,,   प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले औद्योगिक प्रतिष्ठानको स्थापना गर्दा शान्ति र पर्यटनको गन्तव्य प्राचीन रामग्रामलाई असर पर्न नहुने बताउनुभएको छ । पश्चिम नवलपरासीको रामग्राम क्षेत्रमै पछिल्लो समय ठूला ठूला उद्योग खुल्ने क्रम बढिरहँदा गौतमबुद्धको सिङ्गो अस्थधातु रहेको प्राचीन, पुरातात्विक तथा धार्मिकस्थल रामग्राम स्तूप,...बाँकी अंश →


जलचर प्राणी लोप हुँदै

अत्तरिया, १९ असोज,,   पछिल्ला केही वर्षयता कर्णालीलगायत सहायक नदीमा बस्ने जलचर प्राणी लोप हुँदै गएपछि स्थानीयवासी चिन्तित भएका छन् । कर्णाली नदीमा पाइने सहर जातिका माछा, स–साना भुरा माछा, घडियाल गोही, विश्वमै दुलर्भ मानिने डल्फिनलगायत लोप हुँदै गएका छन् । विगत २०÷२५ वर्षअघि कर्णाली नदीमा सहर (महाशेर) माछा छ्याप्छ्याप्ती पाइने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter