२२ माघ २०८२

प्रदेश

विष्णुमतीको मुहानमा घरबाट सिधै नदीमा मानव मलमूत्र

काठमाडौँ, २० असोज ,,   विष्णुमती सफाइले २०९औँ हप्ता पार गर्दा पनि नदी मुहानमा सिधै मानव मलमूत्र हाल्न रोकिएको छैन । विष्णुमती सफाइ अभियानले आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका–५ मा आयोजना गरेको सफाइका क्रममा यस्तो तथ्य फेला पारिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...बाँकी अंश →


इस्कुस बिक्रीबाट आम्दानी

गाईघाट उदयपुर, २० असोज ,,   उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन शुरु गरेका छन् । भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न शुरु गरेका खाँबुका स्थानीयवासी हीराबहादुर...बाँकी अंश →


पार्टीभित्रका समस्या निराकरण गरेर चाँडै एकता ,, महासचिव

काठमाडौँ, २० असोज,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताउनुभयो । उहाँले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा...बाँकी अंश →


हनुमन्ते सफाइबाट तीन टन फोहर सङ्कलन

भक्तपुर, २० अजोज,,   भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३२ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । उहाँले हनुमन्ते सफाइ अभियान शुरु भएदेखि...बाँकी अंश →


आत्मरक्षाका लागि जुट्दै महिला

धनगढी, २० असोज ,,   धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए । राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् । ‘रातो टि सट‘को...बाँकी अंश →


डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

जाजरकोट, २० असोज,,   जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन्...बाँकी अंश →


प्रयोगबिहीन सिसी क्यामेरा

बागलुङ, २० असोज ,,   सुरक्षा निगरानीका लागि बागलुङ बजारमा जडान गरिएका २९ मध्ये १६ ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । पाँचवटा विद्युत् आपूर्ति नहुँदा प्रयोगबिहीन अवस्थामा छन् । बाँकी आठ चले पनि भरपर्दा छैनन् । विसं २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय मिलेर सिसी क्यामेरा...बाँकी अंश →


गोही संरक्षणमा जाल बाधक

चितवन, २० असोज,,   सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा माछा मार्ने जाल पनि ठूलो तगारो बनेको छ । वर्षेनी जाल मुखमा बेरिएर कैयौँ घडियाल मरेका छन् भने कतिपय गोही लामो समय जालमा बेरिएर बाच्न विवश छन् । गत जेठमा मुखमा जाल बेरिएको एउटा गोहीको बुधबार मात्रै जालमुक्त गरिएको छ ।...बाँकी अंश →


हायस र ट्रक ठोक्किँदा छको मृत्यु, १७ घाइते

नेपालगञ्ज, बाँके, २० असोज,,  बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी...बाँकी अंश →


हनुमन्ते खोलामा नवनिर्मित पुल सञ्चालन

काठमाडौँ, २० असोज,,   भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण गरिएको पुल आजदेखि सञ्चालनमा ल्याइएको छ । हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुरथिमि नगरपालिका–१ घलातेमा रु २९ लाख ३५ हजार लागतमा निर्माण गरेको उक्त पुलका लागि जिल्ला समन्वय समितिबाट रु १३ लाख ६६ हजार ४७७, भक्तपुर...बाँकी अंश →


महालक्ष्मीनगरपालिकामा सफाइ

काठमाडौँ, २० असोज ,,  ललितपुरको महालक्ष्मी नगरपालिकामा वडा नम्बर १ स्थित कृष्ण मन्दिरदेखि ग्वार्कोसम्म आज सरसफाइ गरिएको छ । नेपालीको महान् चाड दशैँ तथा तिहारको अवसरमा सरसफाइ गरिएको वडाध्यक्ष नन्द न्यौपानेले बताउनुभयो । वर्षात्को समयमा धूलोका कारण धेरै स्थानीयवासीमा सङ्क्रमण देखिएकाले पनि सरसफाइ गर्नुपरेकोे उल्लेख गर्दै उहाँले स्थानीयवासी सबैले आ–आफ्ना...बाँकी अंश →


विद्यालय भवन बनाउन बहत्तर लाख सहयोग

म्याग्दी, २० असोज,,   अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापित पहार कोषले उपलब्ध गराएको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० हजार ६६ गरी कूल रु ९७ लाख २१ हजार ३०४ को लगानीमा दुई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter