०९ चैत २०८२

प्रदेश

अध्यक्ष बोगटीको निधन

काठमाडौँ, २३ असोज ,,  चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका...बाँकी अंश →


नेकपाको चियापन कात्तिक १० मा

काठमाडौँ, २३ असोज ,,   नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ । पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा आज पार्टी...बाँकी अंश →


पुनःनिर्माण सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गर्दै

काठमाडौँ, २३ असोज ,,   भूकम्पपछिको पुनःनिर्माणलाई सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गराउने तयारी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःस्थापनाका कार्यक्रम शुरु गर्न विश्व बैंकसँग छलफल भएको जानकारी दिनुभयो । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘जनचासोका समसामयिक मुद्दाहरु ः स्थानीय पत्रकार र पुनःनिर्माण प्राधिकरण’...बाँकी अंश →


रेल चल्ने कुराले बढायो उत्साह

बर्दिवास, २३ असोज,,   आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको कुर्थासम्म मङ्सिरभित्रै रेल सञ्चालनमा आउने कुराले उत्साहित भएका हुन् । भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दुरीमध्ये जयनगरदेखि धनुषाको...बाँकी अंश →


मध्यपहाडीमा रातारात काम

बागलुङ, २३ असोज,,   डोजर, ट्रिपरसहित मजदूर सोमबार मध्यरातमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्डको काममा व्यस्त देखिन्थे । सडक चौडा गर्ने, ‘ग्राबेल’ ओसार्ने, बिछ््याउने, पेल्ने काम चलिरहेको थियो । नजिकिएका चाडपर्व, सयममै काम सक्नुपर्ने दबाब आदि कारणले ठेकेदार कम्पनी काममा कस्सिएको हो । तेह्र किमिको उक्त खण्ड ‘सिद्धिसाई प्रकाश कन्सट्रक्सन’ को...बाँकी अंश →


दाङमा अर्को सिमेन्ट उद्योग

लमही, २३ असोज ,,  दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हँुदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ । लमही नगरपालका थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिनुभयो । उत्पादन आसपासका नागरिकको...बाँकी अंश →


मुस्ताङका स्याउको माग बढ्दो

पोखरा, २३ असोज,,   “मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन््,”–पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भन्नुभयो । उहाँका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ । फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरेका...बाँकी अंश →


प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, २३ असोज,,   प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो । समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर...बाँकी अंश →


शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

बागलुङ, २३ असोज ,,   शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो । संरक्षणको अभावमा शालग्राम शिला हराउन थालेको छ । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले पहल थालेको छ । मुस्ताङको मुक्तिनाथदेखि...बाँकी अंश →


पुराना विद्यालयलाई संरक्षण गरिने

काठमाडौँ, २३ असोज,,   उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ । महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७० आँै वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले पुराना विद्यालय ऐतिहासिक सम्पदा भएकाले तिनको संरक्षण गरिने बताउनुभएको हो । उपप्रधानमन्त्री पोखरेलले सामुदायिक विद्यालयमा लगानी वृद्धि तथा निजी लगानीका विद्यालयलाई नियमन...बाँकी अंश →


घरेलु मदिरा नष्ट

भद्रपुर, २३ असोज,,   मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो । बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा नष्ट...बाँकी अंश →


डुम बालबालिका विद्यालय जान थाले

लहान, २३ असोज ,,   घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आइएको अपमानजनक व्यवहार र चेतनाको अभावमा उनी विद्यालय नगई बाँसको सामान बनाउने काममा आफ्ना बुवालाई सघाउँदै आएका थिए ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter