०९ चैत २०८२

प्रदेश

साप्सुखोलाबाट विद्युत् उत्पादन गरिने

खोटाङ, २४ असोज,,   थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहने जनाइएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम...बाँकी अंश →


तलेजुमा जमरा राखी दशैँ शुरु

भक्तपुर, २४ असोज,,   भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । नेपालकै मूल तलेजुमा वैद्धिक एवं...बाँकी अंश →


बाबुबाटैै छोरी बलात्कृत

रोल्पा, २४ असोज ,,   रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर...बाँकी अंश →


रुट परमिट खुला

काठमाडौँ, २४ असोज,,   यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो । विभागका...बाँकी अंश →


धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै

पर्वत,२४ असोज,,   पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा १३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा रु दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका छन् । घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुश्मा नगरपालिका–२ का २० वर्षीय विनोद नेपाली पुर्पक्षका लागि रु दुई लाख...बाँकी अंश →


प्रेस काउन्सिलको डिजिटल संवाद शुरु

नुवाकोट, २४ असोज,,   प्रविधिको विकासका कारण सञ्चारमाध्यमको बदलिदो स्वरुपमा आचारसंहिताको परिपालनासम्बन्धी छलफल चलाउन प्रेस काउन्सिल नेपालले मङ्गलबार विदुरमा ‘पत्रकार आचार संहितासम्बन्धी डिजिटल संवाद कार्यक्रम’ गरेको छ । काउन्सिलमा सदस्य गोपाल बुढाथोकीले नुवाकोटबाट शुरु भएको डिजिटल संवाद कार्यक्रमलाई क्रमशः देशैभरि लैजाने योजना रहेको बताउनुभयो । कार्यक्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै...बाँकी अंश →


नेकपाको कार्यालय स्थापना

फिदिम, २३ असोज,,   पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । गत जेठ ३...बाँकी अंश →


पोखरीमा डुबेर बालकको मृत्यु

लहान, २३ असोज,,   पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । –––बाँकी अंश →


ट्र्याक्टर दुर्घटना दुईको मृत्युु

घोडाघोडी, २३ असोज,,   कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् । ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को ट्र्याक्टर ब्रेकले काम नगरेपछि दुर्घटना हुँदा ाबर्दगोरिया–१ का ३५ वर्षीय डागु चौधरी र ४०...बाँकी अंश →


सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने

बेंसीसहर, २३ असोज ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताउनुभएको छ । मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती लमजुङद्धारा यहाँ आयोजित कार्यक्रममा...बाँकी अंश →


दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने

काठमाडौँ, २३ असोज,,   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यहाँ आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको...बाँकी अंश →


खडेरीको सामना गर्न कृषि बालीको विविधिकरणमा जोड

काठमाडौँ, २३ असोज,,   कृषि क्षेत्रमा हुने खडेरीसँग जुध्न यससम्बन्धी सूचनाको आदानप्रदान र कृषि बालीको विविधिकरण आवश्यक रहेकामा जोड दिइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) द्वारा यहाँ आयोजित खाद्य सुरक्षा र कृषिको नीतिगत तहमा भौगोलिक अन्वेषण र जलवायुको सेवासम्बन्धी तीनदिने क्षेत्रीय सम्मेलनमा यस क्षेत्रका विज्ञहरुले सो धारणा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter