२१ मंसिर २०८२

प्रदेश

शान्तिपुर मन्दिरको जीर्णोद्धार चार करोडमा

काठमाडौँ, २८ असोज  विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ । भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा...बाँकी अंश →


पत्रकार बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न महासङ्घको अपिल

काठमाडौँ, २८ असोज  नेपाल पत्रकार महासङ्घले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ । पत्रकार बोहरा मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा कक्षमा उपचाररत हुनुहुन्छ । बोल्न र हिँडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका...बाँकी अंश →


रुग्ण आयोजनाबाट मुक्ति पाउँदै प्राधिकरण

काठमाडौँ, २८ असोज    एउटा आयोजना सम्पन्न गर्न कति समय लाग्ला ? सामान्य मान्छेले उत्तर दिन सक्छ, दुई, तीन वा पाँच वर्ष । तथ्यहरु नै भन्छन् सरकारी लगानीको एउटा आयोजना सम्पन्न गर्न १२ वर्ष लागेको छ । नेपालीमा एउटा उखान लोकप्रिय छ ‘बाह्र वर्षमा त खोला पनि फर्किन्छ ।’ यस्तै...बाँकी अंश →


प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौँ, २८ असोज  नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । भारतीय निर्माण व्यवसायी कम्पनी आईकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको थियो । प्राधिकरणले प्रसारण लाइनको बाँकी काम गर्न ठेकेदार...बाँकी अंश →


विद्यालयमा तालाबन्दी

लहान, २८ असोज    विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको भगवान्पुर गाउँपालिका– २ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले हिजो...बाँकी अंश →


रेल सेट निर्माण हुँदै

काठमाडौँ, २८ असोज    धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गर्न लागिएको रेल सेट भारतमा निर्माण हुँदैछ । नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद गर्न लागिएको होे । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको...बाँकी अंश →


राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा

काठमाडौँ, २८ असोज    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताउनुभयो ।...बाँकी अंश →


धान उत्पादनमा कमी आउने

भीमदत्तनगर, २८ असोज  सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र...बाँकी अंश →


साथीलाई छुरा प्रहार गर्ने पक्राउ

धरान, २८ असोज    आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा...बाँकी अंश →


एक चिकित्सकको भरमा डडेल्धुरा अस्पताल

पर्शुरामधाम, २८ असोज    पर्शुरामधाम, २८ असोज (रासस) ः अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल घोषणा गरे पनि पछिल्लो समयमा यसको सेवा खस्कँदै गइरहेको छ । चिकित्सक,...बाँकी अंश →


महिला भलिबल टोलीको बिदाइ

काठमाडौँ, २८ असोज  नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ । अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्य नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ । सङ्घद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा...बाँकी अंश →


कर्मचारी नहुँदा कार्यालयको काम ठप्प

जाजरकोट, २८ असोज  वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना हुन थालेका छन् । प्रदेश तथा सङ्घ सरकारको मातहतमा रहेका कार्यालय पूर्ण स्थापना हुने क्रम बढेको छ । जिल्लामा विषयगत कार्यालय नहुँदा स्थानीयले लामो समय सास्ती खेप्नुपरेपछि हाल कार्यालय पुनःस्थापना भइरहेका छन् । दुई साताअघि जाजरकोटका जनप्रतिनिधिलाई पुनःस्थापना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter