०९ चैत २०८२

प्रदेश

‘शान्तिमण्डल’ मुआब्जा विवाद केन्द्र सरकारलाई मिलाउन माग

काठमाडौँ, ११ कात्तिक ,,   ‘तीनकुने शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवाद केन्द्र सरकारले मिलाउनुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । ‘शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन । मुआब्जाको कुरा कामपाले नभई केन्द्र सरकारले मिलाउनुपर्ने कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । “तीन वर्षअघि नै नमूना तयार गरी...बाँकी अंश →


कम लागतमा उत्पादन बढाउन कुखुरापालन सङ्गोष्ठी

चितवन, ११ कात्तिक ,,   अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठी आजदेखि यहाँ शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको आयोजना तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि सङ्गठन,...बाँकी अंश →


नारायणपुर खानेपानी योजना निर्माण

दाङ, ११ कात्तिक ,,   नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे दुई वर्षपहिले शुरु भएको नारायणपुर खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांशले हालसम्म कुवाको पानी पिउँदै आएका छन् । नेपाल सरकारको...बाँकी अंश →


पचास लाखको लागतमा माछापालन

बागलुङ, ११ कात्तिक ,,   ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ । सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना रहेको बताउनुभयो । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४...बाँकी अंश →


रेडपाण्डाको छालासहित पक्राउ

बाँके, ११ कात्तिक ,,   रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई...बाँकी अंश →


काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, ११ कात्तिक,,   काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुश गरिएको छ । यद्यपि दिउँसोको समयमा भने...बाँकी अंश →


किशोरको मृत्यु

गौशाला, ११ कात्तिक,,   महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर...बाँकी अंश →


काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला, ११ कात्तिक,,   अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन...बाँकी अंश →


दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट, ११ कात्तिक ,,   उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ । अहिले पनि जिल्लाको ताप्ली...बाँकी अंश →


घाइते वृद्धाको मृत्यु

सप्तरी, ११ कात्तिक,,   कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । उहाँको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला...बाँकी अंश →


थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

दाङ, ११ कात्तिक ,,  दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ । ६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखाँै रुपैयाँ बचत गर्न सफल भएको छ ।...बाँकी अंश →


अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

पर्वत, ११ कात्तिक ,,  अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter