
वीरगञ्ज, १२ कात्तिक,, लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सजाइने काम भइरहेको छ । कतिपय पोखरी तथा घाटमा सरसफाइसमेत गरिने काम शुरु भएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको...बाँकी अंश →

काठमाडौँ, १२ कात्तिक,, नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गर्नुभएको छ । करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहनुभएका उहाँले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गर्नुभएको थियो । मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव...बाँकी अंश →

इनरुवा, १२ कात्तिक ,, सुनसरीसहित विभिन्न जिल्लाका विपन्न बालबालिकालाई एक मुस्लिम गैरसरकारी संस्थाले आइतबार सहायता अनुदान रकम वितरण गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरेर सुनसरीसहित विभिन्न जिल्लाका २६० अनाथ, टुहरा, अपाङ्गता बालबालिकालाई प्रति व्यक्ति रु चार हजारका दरले रकम वितरण गरिएको हो । हिदायत एजुकेशनल एण्ड...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक,, प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि आज अस्पताल जानुभएको हो ।बाँकी अंश →

दाङ, १२ कात्तिक ,, शान्ति सुरक्षालाई मध्यनजर गर्दै तुलसीपुर बजारमा जडान गरिएका सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर अलपत्र रहेका छन् । सिसी क्यामेरा बिग्रिएर काम गर्ने छोडेको धेरै समय बितिसक्दा पनि मर्मतमा कसैको ध्यान जान सकेको छैन । यहाँका भीडभाड हुने ठाउँमा शान्ति सुरक्षालाई मध्यनजर गरी जडान गरिएका क्यामेरा बिग्रेको...बाँकी अंश →

बागलुङ, १२ कात्तिक,, पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले...बाँकी अंश →

पोखरा, ११ कात्तिक,, झण्डै १७ वर्षअघि काञ्जी हाउसबाट एउटा गाई लगेका बाघमाराका अगुवा कृषक शोभाखर भण्डारीको गाई फार्ममा अहिले ४८ गाई र २८ बाच्छी छन् । युवा जस्तै जोशीला ६७ वर्षीय भण्डारीको दैनिकी रोजगारीका खोजीमा विदेशिएका युवाका लागि अनुकरणीय बनेको छ । पोखराको विरौटास्थित काञ्जीहाउसबाट भण्डारीले स्थानीय जातको बाच्छी ल्याउनुभयो...बाँकी अंश →
चितवन, ११ कात्तिक ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उहाँले भरतपुर नमूना महानगर...बाँकी अंश →

काठमाडौँ, ११ कात्तिक,, प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार...बाँकी अंश →

सुर्खेत, ११ कात्तिक,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । “अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो”, उहाँले भन्नुभयो, “तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि...बाँकी अंश →

बैतडी, ११ कात्तिक,, दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको छ । आर्थिक समस्याका कारण २०६९ सालदेखि बन्द रहेको प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको हो । सो सेवा सञ्चालनका लागि दोगडाकेदार गाउँपालिकाले रु ६ लाख सहयोग गरेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो । विसं २०६९...बाँकी अंश →

भीमदत्तनगर, ११ कात्तिक ,, कञ्चनपुरको बेदकोट नगरपालिकाको उत्तरी चुरेफेदमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘शिवलिङ्गा’ मा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । केही वर्ष अघिसम्म गुमनाम रहेको शिवलिङ्गा क्षेत्रमा हाल दैनिक तीनदेखि पाँच सय जना पर्यटकको आवागमन भइरहेको छ । चाडपर्वका बेला यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: