०९ चैत २०८२

प्रदेश

आगलागीबाट १६ गाई मरे

पोखरा, १२ कात्तिक,,   मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१...बाँकी अंश →


भेरीअञ्चल अस्पताल स्तरोन्नति हुने

नेपालगञ्ज, १२ कात्तिक,,   यहाँस्थित भेरीअञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो । बाँकेबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुभएका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा अर्थ मन्त्रालयले भवन निर्माणका लागि सहमति प्रदान गरेको...बाँकी अंश →


राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडौँ, १२ कात्तिक,,   राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गर्नुभएकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी...बाँकी अंश →


३७ वर्षपछि ऐतिहासिक देवी नाच

काठमाडौँ, १२ कात्तिक ,,   राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्ष पछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ । विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौ शताब्दीमा राजा मानदेवको पालादेखि विसं २०३८ सम्म प्रदर्शन गरिएको...बाँकी अंश →


माजुदेगः पुनःनिर्माण

काठमाडौँ, १२ कात्तिक ,,   काठमाडौँको वसन्तपुरस्थित ऐतिहासिक माजुदेगःको पुनःनिर्माण आजदेखि शुरु भएको छ । विसं २०७३ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त मन्दिर पुनःनिर्माण काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज यहाँ पूजा गरी शुभारम्भ गर्नुभयो । कामपा हनुमान ढोकादरबार संरक्षण समितिबाट सानु सुवाल र पवन जोशीको नेतृत्वको प्राकृतिक कम्पनीलले...बाँकी अंश →


जिल्ला अस्पताल हस्तान्तरण

धादिङ, १२ कात्तिक,,   जिल्ला अस्पताल धादिङको नवनिर्मित बहिरंग भवन जिल्ला अस्पताललाई आज हस्तान्तरण गरिएको छ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले भवनको उद्घाटन गर्नुभयो । अमेरिकेयर्स फाउण्डेशनको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । सुविधासम्पन्न बहिरङ्ग सेवा दिन मिल्ने गरी भवनको डिजाइन गरिएको छ भने भवनका लागि उपकरण र फर्निचरसमेत सहयोग...बाँकी अंश →


स्याउलामा ‘एक घर एक धारा’

बागलुङ, १२ कात्तिक,,   जिल्लाको तमानखोला गाउँपालिकाको विकट गाउँमा कादुरी संस्थाले १३० घरमा धारा जडान गरिदिएको छ । खानेपानी अभाव भएको गाउँपालिकाको वडा नं १ को स्याउला गाउँमा संस्थाले घरघरमा खानेपानीको धारा उपलब्ध गराएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खानेपानी आयोजना...बाँकी अंश →


राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौँ, १२ कात्तिक ,,   राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ...बाँकी अंश →


नेपाल र मलेसियाबीच श्रम समझदारी

काठमाडाँै, १२ कात्तिक ,,   नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी...बाँकी अंश →


‘सरकारले जनचाहनाअनुसार काम गर्नुपर्छ’

रुकुम पश्चिम, १२ कात्तिक,,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाउनुभयो । दुई तिहाइको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठूलो अपेक्षा...बाँकी अंश →


विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने

काठमाडौँ, १२ कात्तिक ,,   विगत चार दिनदेखि नेपालमा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ । आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आज दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिनेछ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार...बाँकी अंश →


तिहार, छठ नजिकिँदै गर्दा दलित बस्तीमा खुशी छाउँदै

बर्दिवास, १२ कात्तिक,,   तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट यी सामान बनाएर बेच्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter