
सिञ्जा, २९ असोज चन्दननाथ नगरपालिका जुम्लाले दुई विद्यालयकोे खाता रोक्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको हो । चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख कान्तिका सेजुवालको आदेशमा...बाँकी अंश →

गलकोट, २९ असोज रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ । साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक...बाँकी अंश →

चरिकोट, २९ असोज दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो ।...बाँकी अंश →

लमजुङ, २९ असोज यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन् । उहाँको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण...बाँकी अंश →

काठमाडौँ, २८ असोज चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल–चीनबीच भएको सम्झौता विपद् व्यवस्थापन र उद्धारकार्यका हिसाबले महत्वपूर्ण बन्न पुगेको छ । बाढी, पहिरो र डुबानबाट वर्षेनी ठूलो जनधनको क्षति बेहोर्दै आएको मुलुकका लागि गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयबीच दैवी विपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत...बाँकी अंश →

ललितपुर, २८ असोज ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा बुधबारदेखि पहिलोपटक अध्यक्षकप फुटबल प्रतियोगिता हुन लागेको छ । वाग्मती खेलकूद विकास समिति र सो गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यही असोज २९ गतेदेखि आगामी कात्तिक ६ गतेसम्म आठ दिन...बाँकी अंश →

काठमाडौँ, २८ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले...बाँकी अंश →

गलेश्वर, २८ असोज गलेश्वर, २८ असोज ९रासस० ः पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा छ । विसं २०३० मा राजा वीरेन्द्रबाट अवलोकन भई सञ्चालनमा ल्याउन हुकुम भएको यो तामाखानी अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन । यो तामाखानी सञ्चालनमा आएको भए राज्यले वार्षिक करोडौंको...बाँकी अंश →

बागलुङ, २८ असोज गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताउनुभयो । “अहिले एउटा टनेलमा मात्र फूलखेती छ”, उहाँले भन्नुभयो, “तीन महीनामै तयार भयो, केही बेच्यौँ ।” मासिक रु एक हजारमा जग्गा भाडामा लिई...बाँकी अंश →
काठमाडौँ, २८ असोज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २५०.१४ मा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार...बाँकी अंश →

दमौली, २८ असोज तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ । चितुवाको आक्रमणबाट नगरपालिकाका विभिन्न वडामा पाँच जना बालबालिकाको मृत्यु भइसकेकाले जतिसक्दो चाँडो चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै राष्ट्रियसभा...बाँकी अंश →

काठमाडौँ, २८ असोज दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्नेलगायत नौ बुँदे घोषणापत्र जारी गर्दै ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीको भूमिका’ विषय दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्वमञ्च युएसएलगायतका सङ्घसंस्थाद्वारा काठमाडौँमा आयोजित सो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: