
बाँके, १३ कात्तिक,, बाँकेमा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै गएका छन् । नयाँ तथ्याङ्कअनुसार जिल्लामा एक हजार १२ व्यक्ति एचआइभी सङ्क्रमित छन् । आर्थिक वर्ष २०७३÷०७४ को असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी सङ्क्रमित रहेका थिए । त्यसकै कारण अहिलेसम्म बाँकेमा १२८ जनाको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरि...बाँकी अंश →

सर्लाही, १३ कात्तिक ,, रामनगर गाउँपालिकामा आज बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोको आफ्नै घर अगाडि...बाँकी अंश →

पोखरा, १३ कात्तिक,, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तीन महीनामा अख्तियार दुरुपयोगविरुद्ध पौने दुई सय उजूरी परेका छन् । आर्थिक वर्ष २०७५ ÷७६ को साउनदेखि असोजसम्म १६९ नयाँ उजूरी परेका हुन् । पुरानोसहित ४५६ उजूरी परेको आयोगको पोखरा कार्यालयले जनाएको छ । विस्तृत अनुसन्धानमा आठ, तामेलीमा १९, अन्य कार्यालय...बाँकी अंश →

काठमाडौँ, १३ कात्तिक,, तरकारी बाली विकास केन्द्रले गत आर्थिक वर्षमा विभिन्न मौसमी तरकारीका २४ लाख बेर्ना कृषकलाई वितरण गरेको छ । कृषि विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रले विभिन्न प्रकारका तरकारीका बीउ छ क्वीन्टल उत्पादन गरी सरकारी दरभाउमा कृषकलाई वितरण गरेको छ । वार्षिक करीब १० हजार कृषकलाई प्राविधिक सेवाका साथै बीउ...बाँकी अंश →

काठमाडौँ, १३ कात्तिक ,, सरकारले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि उपलब्ध गराउने वन क्षेत्रको क्षतिपूर्तिबापत वृक्षरोपण गर्न र लिजबापतको रकम तिर्न सम्बन्धित आयोजनाले बेवास्ता गर्दै आएका छन् । वन तथा वातावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि हालसम्म मुलुकभर १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । त्यस्ता...बाँकी अंश →

काठमाडौँ, १३ कात्तिक,, दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ । नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको...बाँकी अंश →

पोखरा, १३ कात्तिक,, कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर...बाँकी अंश →

काठमाडौँ, १३ कात्तिक,, काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।...बाँकी अंश →

काठमाडौँ, १३ कात्तिक,, शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न ।...बाँकी अंश →

काठमाडौँ, १३ कात्तिक ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापतिको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । बैठकले...बाँकी अंश →

सर्लाही, मलगङ्वा, १३ कात्तिक,, घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका–२ का अजयराम आफ्नो चार वर्षीय छोराको पोषणभत्ता बुझ्न वडा कार्यालय जानुभएको थियो । अजय भत्ता लिनका लागि लाइनमा बस्नुभएको थियो । त्यसै समयमा कार्यालय सहयोगी राम ईश्वर चौधरीले भित्रबाट पानी लिएर टेबुलमा राख्नुभयो । टेबुलमा राखेको पानी...बाँकी अंश →

गोरखा, १३ कात्तिक ,, गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: