०९ चैत २०८२

प्रदेश

भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, १४ कात्तिक,,   मुलुकभरी आज भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन भएको छ । बिहीबारसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले २७९ वटा बुथमा ५५८ महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ । भिटामिन ए सँगै जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा पनि बालबालिकालाई उक्त अवसरमा वितरण गरिने छ । बालभिटा...बाँकी अंश →


घरबासमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो

कुश्मा, १४ कात्तिक,,   घरबासको अवधारणा आएसँगै ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वत मोदीस्थित चित्रेको घरबासमा पर्यटकको ओइरो लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा आउने पर्यटकका कारण चित्रेका घरबास भरिभराउ भएका हुन् । पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा हुने गरेको छ । गाउँको आतिथ्यता,...बाँकी अंश →


पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरा, १४ कात्तिक,,   गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा आज पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उहाँले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न...बाँकी अंश →


सयपत्रीको व्यावसायिक खेतीमा महिला

पोखरा, १४ कात्तिक,,   विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाको संस्था महिला उद्यमी सङ्घ नेपाल कास्कीले फूलखेती व्यवसाय शुरु गरेको छ । तिहारलाई लक्षित गरी शुरु गरिएको सयपत्री फूलको व्यावसायिक खेतीले यतिबेला सार्थकता पाएको छ । विसं २०६६ मा प्रदेश सभासद् मीना गुरुङको नेतृत्वमा उद्यमशीलतामा महिला सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिने...बाँकी अंश →


बाघ संरक्षणमा विदेशीको चासो

काठमाडौँ,१४ कात्तिक,,   नेपालको बाघ बचाऊ अभियानमा तीनजना विदेशी नागरिकले सक्रियता देखाएका छन् । नेपालको हिमालय र तराई क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्यलाई थप आकर्षण दिने जंगली जीवजन्तु बाघ,चितुवा र सिंह वातावरण प्रदुषण र मानवीय अतिक्रमणले जोखिममा पर्दै गएको भन्दै दक्षिण अफ्रिकाका गेसथ जेम्स लेगको नेतृत्वको टोलीले विश्वको सर्वौच्च शिखर सगरमाथाको आधार...बाँकी अंश →


करेसाबारीमा लगाइएको फूल आम्दानीको स्रोत

बर्दिवास, १४ कात्तिक,,   तिहार पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ÷नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै करेसाबारीमा लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत भएको छ । घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका व्यापारीले राम्रो रकम दिन थालेपछि यहाँका सर्वसाधारण गृहिणीका लागि यो अतिरिक्त...बाँकी अंश →


गल्छी–रसुवागढी सडक कालोपत्र

बेत्रावती, १४ कात्तिक,,   राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु¥याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी...बाँकी अंश →


घर निर्माणमा सघाउँदै आवास निर्माण साथी

गोरखा, १४ कात्तिक,,   घर बनाउन अलमलमा परेका गोरखाका भूकम्पपीडितलाई आवास निर्माण साथीले सहजीकरण सेवा प्रदान गरेको छ । भूकम्प गएको करीब ४० महीना बितिसक्दा पनि निर्माण शुरु गर्न नसकेका पीडितको घर छिटो बनाउन सहजीकरण शुरु गरिएको हो । नेपाल आवास पुनःनिर्माण परियोजना अन्तर्गतको आवास निर्माण साथीले जिल्लाका ६ स्थानीय तहका...बाँकी अंश →


मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

चितवन, १४ कात्तिक,,   मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् । सो केबुलकार सञ्चालन गर्दै...बाँकी अंश →


अनुदानमा गहँुको बीउ दिइने

बुटवल, १४ कात्तिक,,   रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ । सहकारी...बाँकी अंश →


आगलागी पीडितलाई राहत

जुम्ला, १४ कात्तिक,,   चन्दननाथ नगरपालिका–२ का आगलागी पीडित कर्णबहादुर कुमाईंलाई राहत रकम हस्तान्तरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले उहाँलाई राहत रकमस्वरुप मङ्गलबार रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । गत साउन ९ गते राति कुमाईंको घरमा आगलागी हुँदा उनका तीन वर्षीया छोरीको मुत्यु भएको थियो...बाँकी अंश →


भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

लमजुङ, १४ कात्तिक,,   सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले डिपिसी तह पूरा गरेपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार पाउने प्रावधान छ । त्यसका लागि लाभग्राहीले वडा कार्यालयमा निवेदन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter