१० चैत २०८२

प्रदेश

राष्ट्रिय परिचयपत्र छाप्न शुरु

काठमाडौँ, १५ कात्तिक,,  सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र...बाँकी अंश →


जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँ, १५ कात्तिक,,   जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी...बाँकी अंश →


टिमुर खेतीबाट मनग्य आम्दानी

बेनी, १५ कात्तिक ,,   बेनी नगरपालिका–९ घतानका सागर बानियाँ टिमुर खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । आठ वर्षदेखि टिमुर खेतीमा लाग्नुभएका बानियाँले यस वर्ष थप सात रोपनीमा टिमुर खेती विस्तार गर्नुभएको छ । “पचास बोटले अहिले फल दिन्छ, ६०० बिरुवा नयाँ छन्, खेर गएको बाँझो जमीन, पाखोसँगै खेतीयोग्य...बाँकी अंश →


विदेशी पर्यटकले बनाए स्रोतकेन्द्र भवन

मुसिकोट, १५ कात्तिक ,,   रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ दहबाङमा विदेशी पर्यटकले एकीकृत स्रोत भवन निर्माण गरेका छन् । सूचना केन्द्र, पुस्तकालय, कृषि प्रयोगशालालगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन् । विभिन्न देशका सय बढी विदेशीले स्वयंसेवामार्फत निर्माण गरेको तीनकोठे स्रोत भवनको एउटा कोठामा हालपुस्तकालय सञ्चालन गरिएको...बाँकी अंश →


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

काठमाडौँ, १५ कात्तिक ,,   प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा टोलीका संयोजक...बाँकी अंश →


अपी क्षेत्र पर्यटकको रोजाइमा

दार्चुला, १५ कात्तिक ,,   अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन् । लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएसँगै पर्यटक पदयात्रामा जानेक्रम बढ्न थालेको छ । सात हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार...बाँकी अंश →


शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

काठमाडौँ, १५ कात्तिक ,,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ । नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा...बाँकी अंश →


नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथर, १५ कात्तिक ,,   पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो । अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा...बाँकी अंश →


चिया कारखाना स्थापना

भद्रपुर, १५ कात्तिक ,,   साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधन गर्न बुधबारबाट शुरु गरेको हो । सहकारीले उत्पादन गरेको चियाको नाम भने सिटिसी रहेको...बाँकी अंश →


प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

काठमाडौँ, १५ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो । पाथीभरा अनलाइन डटकममा...बाँकी अंश →


आँगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो

जाजरकोट ९लुहादह०, १५ कात्तिक,,   जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग हुनुहुन्छ । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पु¥याएर बिक्री गर्न पाउँदा उहाँ निकै खुशी हुनुभएको हो । विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख गरेर...बाँकी अंश →


भवन नबन्दा टहराबाटै स्वास्थ्य सेवा

बनेपा, कात्तिक १५,,   काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिका–६ बनखुचौरको स्वास्थ्यचौकी भवन अहिलेसम्म नबन्दा स्वास्थ्यकर्मीले टहरामा नै बसेर सेवा प्रवाह गरिरहेका छन् । गत २०७२ सालको भूकम्पबाट क्षति भएको भवन पुनःनिर्माणका लागि कोरियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रसूति गृहसहितको भवन निर्माणका लागि काम गरेको दुई वर्ष बितिसक्दा समेत भवनको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter