
दमौली, १७ कात्तिक ,, तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । कुटपिटबाट घाइते उहाँलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पु¥याइएकामा थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।उहाँका...बाँकी अंश →

तेह्रथुम, १७ कात्तिक,, तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख...बाँकी अंश →

भक्तपुर, १७ कात्तिक,, भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न शुक्रबार प्राविधिकसहितको टोलीले सम्भावित क्षेत्रको अनुगमन गरेको छ । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमता रहेको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भकारी मूलको जग्गा छनोट गरेपनि पनि स्थानीयवासीले विरोध गरेपछि त्यस क्षेत्रको विकल्पमा सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ स्थित सिपाडोलको जग्गामा...बाँकी अंश →

दमक, १७ कात्तिक,, झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क...बाँकी अंश →

अछाम, १६ कात्तिक ,, बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार चौरपाटीमा ५०६ जना तथा बिहीबार चौखुट्टेमा १७८ जनाले बेरोजगारी फाराम भरेका हुन्...बाँकी अंश →

हेटौँडा, १६ कात्तिक ,, चार सय केभि विद्युत् प्रसारण लाइनका लागि निर्माण भइरहेको विद्युतीय टावरको ५० प्रतिशत काम सम्पन्न भएको छ । विश्व बैंकको रु पाँच अर्ब २० करोडको लागतमा सो काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत ठेक्कामा एआइएल भारत तथा एल टिबी जर्मनीद्वारा संयुक्त रुपमा निर्माण भइरहेको...बाँकी अंश →

खजुरा, १६ कात्तिक ,, बाँके जिल्लाका घरेलु हिंसा पीडित मुस्लिम महिलाहरुले कानूनी उपचारबारेको अनविज्ञताका कारण न्याय पाउन सकेका छैनन् । यी समुदायका महिलाहरु पीडा सहेर बस्ने तर, बाहिर ननिस्कनाले यस्तो समस्या भएको हो । पछिल्लो समयमा केही महिलाहरु खुलेर बाहिर आउन थालेका छन् । बाहिर आएका महिलाहरु पनि कानूनी प्रक्रियाको...बाँकी अंश →

बुटवल, १६ कात्तिक,, रुपन्देहीको विभिन्न नगरपालिका र गाउँपालिकाकामा कृषकले पर्म गरेर धान काट्न थालेका छन् । पर्म प्रथा अनुसार धान काट्न, रोप्न र उठाउन सहज हुने गरेको कृषकले बताएका छन् । “पर्म गरेर नै धान रोप्ने र काट्ने गरिन्छ,” सैनामैना–५ का राजन कुँवरले भन्नुभयो । पर्म प्रथा अनुसार काम गर्दा...बाँकी अंश →

चितवन, १६ कात्तिक,, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सिफारिस गरेकामध्ये सात मकैका जात सूचीबाट हटाएको छ । उपयुक्त नयाँ जातको विकाससँगै पुराना सिफारिस भएका हेटौँडा कम्पोजिट, सर्लाही सेतो, जानकी मकै, ककनी पहेँलो, रामपुर– १, मकालु २ र रामपुर पहेँलोलाई सूचीबाट हटाइएको हो । अनुसन्धान कार्यक्रमका प्रमुख डा केशबबाबु कोइरालाका अनुसार...बाँकी अंश →

पोखरा, १६ कात्तिक,, पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० वटा फूलका बिरुवा किनेर लगाउनुभयो । पहिलो वर्षमा नै राम्रो भएर...बाँकी अंश →

काठमाडौँ, १६ कात्तिक,, नवजीवन परोपकार समाजले कर्णाली प्रदेशका पाँच जिल्लाका असहाय तथा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । समाजले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगु जिल्लाका १५ अति विपन्न बस्ती पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो पपडा वितरण गरेको जनाएको छ । ‘नेपालीले नेपालीका...बाँकी अंश →

वालिङ, १६ कात्तिक,, स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही स्थान घर भई हाल हङकङमा बस्दै आउनुभएका धनु थकाली पुरनले ‘पुतली बचाउ अभियान’ मार्फत देश तथा विदेशमा सङ्कलन भएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: