२१ मंसिर २०८२

प्रदेश

विकास रनिङ शिल्डको तयारी पूरा

चितवन, २९ असोज    नारायणगढको क्याम्पाचौरमा भोलि (शुक्रबार) बाट शुरु हुने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको तयारी पूरा भएको छ । आयोजकले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । यहाँ हुँदै आएका दुई प्रतियोगितालाई संयुक्तरूपमा ‘टुबोर्ग जेसिज विकास रनिङ शिल्ड–२०७६’ नामाकरण गरी आयोजना गर्न लागिएको...बाँकी अंश →


दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी

हेटौँडा, २९ असोज  प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का...बाँकी अंश →


नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित

पर्वत, २९ असोज  सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको...बाँकी अंश →


गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी

बाँके, २९ असोज    नेपालगञ्ज–२० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ । यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ । नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तरलाई पनि उत्तिकै बढाएको छ । चेतनास्तर बढेकै कारण मनिकापुर स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच...बाँकी अंश →


अन्तिममा घोषणा, जिल्ला कमिटी मात्रै !

काभ्रेपलाञ्चोक, २९ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोकमा हाल जिल्ला कमिटी मात्रै रहेको छ । केन्द्रीय पार्टी नेतृत्वले ढिलोगरी अर्थात अन्तिममा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेकाले पनि हालसम्म नगर, गाउँ तथा वडाकमिटी गठन हुन नसकेको हो । यद्यपि, नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा भने नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना...बाँकी अंश →


नेकपा सचिवालय बैठक जारी

काठमाडौँ, २९ असोज  पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ । नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान...बाँकी अंश →


आगलागीबाट क्षति

सर्लाही, २९ असोज  ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...बाँकी अंश →


पुनःनिर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

काठमाडौँ, २९ असोज    काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्ष अघिको भूकम्पले पूर्णरूपमा क्षति भयो । भूकम्पपछिको प्राविधिक समूहले मन्दिरको जाँच गरी भित्र नपस्न पुजारीलाई सुझायो । त्यसपछि पुजारीले बाहिरैबाट पूजा गर्न थाले । भूकम्पको चार वर्ष बित्यो ।...बाँकी अंश →


नगदसहित सात जुवाडे पक्राउ

मुग्लिन, २९ असोज  चितवनमा नगदसहित जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो । तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा...बाँकी अंश →


आगलागीबाट पाँच लाख बराबरको क्षति

सप्तरी, २९ असोज  सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताउनुभयो ।...बाँकी अंश →


चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

काठमाडौँ, २९ असोज  नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको...बाँकी अंश →


छुसाङमा मोटर चल्ने पुल निर्माण

म्याग्दी, २९ असोज  कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter