
काठमाडौँ, २० कात्तिक,, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तक्र्रियमा उहाँले श्रमिक र उद्योगी बीचका विद्यमान समस्या सामूहिक छलफलबाटै समाधान गरिने...बाँकी अंश →

काठमाडौँ, २० कात्तिक,, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान...बाँकी अंश →

ललितपुर, २० कात्तिक,, प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यन्वयन गर्न हुनुपर्ने बताउनुभएको छ । आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा हरेक काम व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकार स्थापना भएको छोटो समय भए...बाँकी अंश →

नेपालगञ्ज, २० कात्तिक,, नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहर सङ्कलन केन्द्रको काम २८ महीनाको ७० प्रतिशत पूरा भएको छ । विसं २०७३ भदौमा एशियाली विकास बैङ्क र नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको एकीकृत शहरी विकास आयोजनाबीच सम्झौता भई काम शुरु गरिएको हो । तोकिएको समयमा...बाँकी अंश →

काठमाडौँ, २० कात्तिक,, नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार ९कात्तिक २४ गते० विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक...बाँकी अंश →

चितवन, २० कात्तिक,, दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न रु ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । नेपाल विद्युत् व्यवसायी महासङ्घका...बाँकी अंश →

धनगढी, २० कात्तिक,, धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो ।...बाँकी अंश →

काठमाडौँ, २० कात्तिक,, घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गर्नुभयो...बाँकी अंश →

रोल्पा, २० कात्तिक,, रोल्पा नगरपालिका–१० धवाङकी विनमती सुनारले एकाबिहानै सदरमुकाम लिवाङमा रहेको एक पसलमा भाइटीकाका लागि प्लाष्टिकका माला किन्दै हुनुहुन्थ्यो । पसलमा झुण्ड्याइएका विभिन्न थरिका माला छनोट गर्दै उहाँले रु १०० पर्ने १० वटा माला किनेर रु एक हजार भुक्तानी गर्नुभयो । तिहारको भाइटीका नजिकिँदै गर्दा यहाँका बजारमा माला र...बाँकी अंश →

हेटौँडा, २० कात्तिक,, रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिच्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिच्याउने काम सम्पन्न भएको हो । रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको...बाँकी अंश →

पोखरा, २० कात्तिक,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता...बाँकी अंश →
काठमाडौँ, २० कात्तिक,, यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: