
चितवन, २१ कात्तिक,, जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी पर्नुभएकाउहाँको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो । विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिनुभएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा...बाँकी अंश →

काठमाडौँ, २१ कात्तिक ,, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११०आँै जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हँुदा महाकविले परिकल्पना गरेको...बाँकी अंश →

तनहुँ २१ कार्तिक,, हिउँद मौसम सुरु भएसँगै मादी नदीमा जलबिहार गर्ने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मादी नदी जलबिहारका लागि सुरक्षित स्थान भएकाले पर्यटकको यसतर्फ आकर्षण बढ्न थालेको हो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धार्मिक एवं पर्यटकीय क्षेत्र व्यासको जन्मस्थल यहीँ परेकाले पनि मादी र सेतीको सङ्गमस्थल...बाँकी अंश →

बेझाड (पाल्पा), २१ कात्तिक,, पाल्पाको रामपुरमा रहेको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । सरकारले ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्र्तगत रामपुर नगरपालिकाको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर परेका छन् । पाल्पाको पूर्वी भेगमा अवस्थित रामपुर...बाँकी अंश →

रसुवा, २१ कात्तिक,, लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ । धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिनुभयो । सामान्य रुघाखोकी लागेपछि उहाँले भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा...बाँकी अंश →

काठमाडौँ, २१ कात्तिक,, नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ । आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं...बाँकी अंश →

कञ्चनपुर, २१ कात्तिक ,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो...बाँकी अंश →

चितवन, २१ कात्तिक,, भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ ।...बाँकी अंश →

बेझाडबजार, पाल्पा, २१ कात्तिक,, एउटै गाउँका करीब दुई हजार पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नं १० को तल्लो कुमाल गाउँमा तीन महीनाअघिदेखि माहामारीका रुपमा फैलिएको खोरेत रोग अहिले नियन्त्रणमा आएको हो । यहाँका ३७४ घरधुरीमा पालिएका करीब एक हजार ९५९ पशुमा खोरेत रोगको...बाँकी अंश →

दैलेख, २१ कात्तिक,, दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहदेखि करीब पाँच हजार मिटर अग्लो भू–भागमा तीनचुले लेक छ । उक्त लेकको फेदीमा ६२ मिटर अग्लो पहाडैपहाडको बीचबाट झरना खसेको छ । दैलेखस्थित द्वारीखोलाको यो बुलबुले झरनामा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जेठ,...बाँकी अंश →

बुटवल, २१ कात्तिक,, मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं ६ स्थित श्री प्राथमिक विद्यालय लहरेपिपलको भवनमा सो सेवा सञ्चालन गरिने अस्पतलाले जनाएको छ । तानसेनमा डायलाइसिस सेवा...बाँकी अंश →

काठमाडौँ, २१ कात्तिक,, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उहाँले चाडबाडका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: