१० चैत २०८२

प्रदेश

ग्यास ट्यांकर दुर्घटनामा दुईको मृत्यु

धादिङ, २५ कात्तिक,,  पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ । भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया गीता नेपाली र उनकी छोरी २१...बाँकी अंश →


च्याउ उत्पादनतर्फ महिलाको आकर्षण

घोराही, २५ कात्तिक,,   पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो । पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले...बाँकी अंश →


छठ पर्वको महत्व

पोखरा, २५ कात्तिक,,  चार दिनसम्म मनाइने छठ पर्व आजवाट शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउँमा अस्ताउँदो सूर्यलाई अघ्र्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो...बाँकी अंश →


माइतीघर र चाबहिलमा स्थानान्तरण गर्न सकिने पुल

काठमाडौँ, २५ कात्तिक ,,   काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न छुट्याइएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार...बाँकी अंश →


तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो

बेझाड, पाल्पा, २५ कात्तिक,,   कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा वृद्धि आएको हो । तालपोखरामा डुङ्गा सयर गर्दा फेवातालको झल्को मेटाएको पाल्पा बगनासकाली गाउँपालिका आर्यभन्ज्याङ्की नारायणी भट्टराईले बताउनुभयो । तालपोखराको भौतिक...बाँकी अंश →


पिकअपको ठक्करबाट महिलाको मृत्यु

बनियानी, २५ कात्तिक ,,   झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं. को पिकअप...बाँकी अंश →


छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय

इनरुवा, २५ कात्तिक,,   छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाएर बेच्ने गरेका छन्...बाँकी अंश →


‘सङ्घीय सरकारको जानकारीमा मुख्यमन्त्रीको भ्रमण’

काठमाडौँ, २५,,   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा जानुभएको बताइएको छ । उहाँ सुटुक्क अमेरिका जानुभएको भनी आलोचना भएकामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राससलाई प्रतिक्रिया दिँदै लामो समयदेखि...बाँकी अंश →


नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित

लहान, २५ कात्तिक ,,   फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ...बाँकी अंश →


भीरबाट खसेर किशोरीको मृत्यु

अछाम, २५ कात्तिक ,,   अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो । घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले...बाँकी अंश →


स्याल आतङ्क

बेत्रावती, २५ कात्तिक ,,   नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ । जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिनुभयो ।...बाँकी अंश →


पशुमा खोरेत रोगको प्रकोप

बेझाड (पाल्पा), २५ कात्तिक,,   निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ । गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो । मित्यालको धिर्जे, दुमिदमार, खानीदमार र ज्यामिरेका मदनपुर, मोटेखर्क क्षेत्रका पशुमा महामारीको रूपमा खोरेत रोगको संक्रमण फैलिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter