
इलाम,२६ कात्तिक,, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो । इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले...बाँकी अंश →

बागलुङ, २६ कात्तिक,, गलकोट नगरपालिकाका तीन स्थानमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । गलकोट– ७ मल्म, राम्चेढुङ्गा–५ हरिचौरको सर्दाखेत तथा ४ नरेठाँटीको सेतीघडेरीमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । गलकोट महोत्सवको अवसर पारेर प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । चालक दुर्योधन खड्का र निरञ्जन कुँवरले गलकोटको आकाशमा...बाँकी अंश →

काठमाडौँ, २६ कात्तिक,, ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिक नाच आजदेखि शुरु भएको छ । नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइँदैछ । बाथ प्याँख(बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बतायो । प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ ।...बाँकी अंश →

चितवन, २६ कात्तिक,, शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ । वीर अस्पताल काठमाडौँका वरिष्ठ छाती रोग विशेषज्ञ डा अषेश ढुङ्गानाका अनुसार एक दिनमा ११ हजार लिटर...बाँकी अंश →

काठमाडौँ, २६ कात्तिक,, नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ । मुलुकका विभिन्न क्षेत्रमा बसोबास...बाँकी अंश →

भक्तपुर, २६ कात्तिक,, यही कात्तिक २२ गते अपराह्न ४ बजे एक पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेको एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चार दिनको अनुसन्धानपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठक्कर दिने बा१४च १९५९ नं गाडी र सोही गाडीका चालक दोलखा कालिञ्चोक गापा वडा नं ४ बस्ने २०...बाँकी अंश →

काठमाडौँ, २६ कात्तिक,, नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक आन्दोलनमा स्व उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्व उप्रेतीका श्रीमती,...बाँकी अंश →

काठमाडौँ, २६ कात्तिक ,, काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित पचली भैरव मन्दिर संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर तथा त्यस आसपास क्षेत्रमा जोखिम बढेको छ । लामो समयदेखि सामान्य मर्मत तथा जीर्णोद्धार हुन नसकेकाले मन्दिरको अस्तित्व अहिले ओझेलमा परेको हो । करीब दुई...बाँकी अंश →

पर्सा, २६ कात्तिक ,, मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गर्नुभएको छ । मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा उहाँले व्यक्त...बाँकी अंश →

काठमाडौँ, २६ कात्तिक,, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त हुनुभएको छ । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नियुक्त हुनुभएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को...बाँकी अंश →

गलेश्वर, २६ कात्तिक ,, “नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा...बाँकी अंश →

बर्दिवास, २६ कात्तिक,, श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: