१० चैत २०८२

प्रदेश

नेकपाका अध्यक्ष दाहालद्वारा गलेश्वर शिवालय अवलोकन

बेनी, २७ कात्तिक,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गर्नुभएको छ । सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गर्नुभएको थियो । नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर...बाँकी अंश →


फेरियो कमलपोखरीको रुप

काठमाडौँ, २७ कात्तिक,,  छठ पूजा गर्न थालेसँगै काठमाडौँको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडाँैमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारीएको छ । छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय...बाँकी अंश →


लोप हुँदै परम्परागत पञ्चेबाजा

बेझाड, २७ कात्तिक,,   युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हँुदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हँुदै गएको छ । पञ्चेबाजा बजाउने चलन हट्दै...बाँकी अंश →


दुर्घटनामा एक जनाको मृत्यु

दाङ, २७ कात्तिक,,   पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेल पाण्डेका अनुसार मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुनसकेको...बाँकी अंश →


पूर्वाधार विकासको चार करोड बाँडफाँट

लमजुङ, २७ कात्तिक,,   नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गर्नुभएको छ । उहाँले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गर्नुभएको छ । गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा रु २ करोड...बाँकी अंश →


कारको ठक्करबाट महिलाको मृत्यु

दमक, २७ कात्तिक,,   कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । खड्का दमक–९ मा बस्दैआउनुभएको थियो...बाँकी अंश →


बालिका हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक ,,  उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार...बाँकी अंश →


हर्षोल्लासपूर्वक छठ मनाइँदै

जनकपुरधाम, २७ कात्तिक,,   शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले...बाँकी अंश →


एकल महिलालाई आत्मनिर्भर बनाउन समूह गठन

पाल्पा, २७ कात्तिक,,   रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ । अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ । मागका आधारमा गाउँपालिकाले एकल महिलालाई सहयोग...बाँकी अंश →


भारत जानेको लर्को

बाजुरा, २७ कात्तिक,,   जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । दशैँ तिहार मनाउन घर आएका विद्यार्थी,...बाँकी अंश →


कामपा प्रमुख– उपप्रमुख चीन प्रस्थान

काठमाडौँ, २६ कात्तिक,,   काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गर्नुभएको छ । हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उहाँहरुले भाग लिनुहुनेछ । चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल...बाँकी अंश →


भारतबाट रु ४० लाखको केरा आयात

गौशाला, २६ कात्तिक ,,   महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताउनुभयो । यहाँका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter