१० चैत २०८२

प्रदेश

दण्डहीनता अन्त्यका लागि राजनीतिक दल अग्रसर हुनुपर्ने

पोखरा, २८ कात्तिक,,   सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढङ्गले काम गर्ने वातावरण सृजना हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । फ्रिडम फोरमद्वारा आज पोखरामा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा दण्डहीनता अन्त्यका लागि राजनीतिक पार्टीलाई गम्भीर हुनुपर्ने, पत्रकारलाई सधँै मानसिक त्रास, धम्की र भौतिक आक्रमणजस्ता घटनाबाट पीडित हुनुपर्ने भएकाले...बाँकी अंश →


प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता हुँदैन–सभापति आचार्य

विराटनगर, २८ कात्तिक,,   नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताउनु भएको छ । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उहाँले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भन्नुभयो । उहाँले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी...बाँकी अंश →


माउतेको अनुभवमा धानिएको हात्तीको तालीम

सौराहा, २८ कात्तिक,,   माउसँग क्रमशः अलग गराएर छावा हात्तीको चुनौतीपूर्ण तालीम शुरु हुन्छ । तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा बाँधेर शुरु हुने यो तालीमबारे सुन्नेलाई रमाइलो लाग्न सक्छ तर तालीम दिने माउते र लिने छावालाई चाहिँ यो कष्टप्रद हुन्छ । दाना, आहार र पानीसमेत कम दिई साँझ...बाँकी अंश →


बजारमा अलपत्र परेका बालिकाको उद्धार

दार्चुला, २८ कात्तिक (रासस) ः सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेका ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ । नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलङ्गाबाट उद्धार गरेको हो । गाउँबाट काकी नाता पर्ने कौसा ठगुन्नाले आफूसँगै सदरमुकाम खलङ्गामा कापी झोला खरीद गर्नको...बाँकी अंश →


हरियाली कार्यक्रम

नेपालगञ्ज, २८ कात्तिक ,,   बाँकेको वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिका वन क्षेत्र कम भएको क्षेत्रमा पर्छन् । सोही कुरालाई दृष्टिगत गरी वन कार्यालयले ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवद्र्धन...बाँकी अंश →


शिक्षा नीति परिवर्तन आवश्यक– अध्यक्ष दाहाल

म्याग्दी, २८ कात्तिक,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख...बाँकी अंश →


विद्यार्थी नियमित गराउन दिवा खाजा

दमौली, २८ कात्तिक,,   विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताउनुभयो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक...बाँकी अंश →


स्वास्थ्यचौकी भवन निर्माण

पाल्पा, २८ कात्तिक ,,   माथागढी गाउँपालिका–२ रुप्सेमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । रु दुई करोड सात लाखको लागतमा दुई तले भवन निर्माण गरिएको हो । बीस कोठा, चार शौचालय र एक हलसहितको सुविधासम्पन्न भवन निर्माण भएपछि काम गर्न सहज भएको छ । विसं २०७२ मा सो भवन निर्माण शुरु...बाँकी अंश →


वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २८ कात्तिक,,   मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ । आज दिउँसो देशको पश्चिमी...बाँकी अंश →


ठमेलबाट ३५ बालबालिकाको उद्धार

काठमाडौँ, २८ कात्तिक,,   महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन...बाँकी अंश →


इनरुवामा आगलागी

इनरुवा, २८ कात्तिक,,   सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी भएको हो । प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी,...बाँकी अंश →


ल्याण्डफिल्ड साइट निर्माण अन्तिम चरणमा

बाँके, २८ कात्तिक,,  नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करीब एक वर्ष ढिलाइ भएको थियो । आठ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter