१० चैत २०८२

प्रदेश

जीप दुर्घटनामा चालकको मृत्यु

बाजुरा, २९ कात्तिक,,   बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जीप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिनुभयो । दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको...बाँकी अंश →


गैँडा बस्ती पस्न थालेपछि स्थानीय त्रसित

चितवन, २९ कात्तिक,,   चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै वासस्थानको समस्याले बस्ती पसेको अनुमान गरिएको छ । चितवन जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र...बाँकी अंश →


बसपार्क निर्माणमा ढिलाइ

नेपालगञ्ज, २९ कात्तिक,,  पन्ध्र महीनामा सक्ने भनिएको नेपालगञ्ज बसपार्कको निर्माण कार्य तीन वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन । पन्ध्र महीनाभित्र निर्माण सक्ने गरी नेपालगञ्ज उपमहानगरपालिका र युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्सबीच सन् २०१६ मार्चमा सम्झौता भएको थियो । निर्माण शुरु भएको अहिले तीन वर्ष बितिसक्दा झण्डै ५० प्रतिशत काम...बाँकी अंश →


अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

दुल्लु, २९ कात्तिक,,   दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिनुभयो । मृतक बालकका आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिङ्गालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा मनिषलाई अरिङ्गालले टोकेको हो...बाँकी अंश →


बालिका हत्याको आरोपमा दुई पक्राउ

गाईघाट, उदयपुर, २९ कात्तिक,,   बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर...बाँकी अंश →


पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना

इलाम, २९ कात्तिक,,   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्काका बासिन्दाले गुरुयोजना बनाउन लागेका छन् । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल भए पनि प्रचार हुन नसकेकाले गुरुयोजना नै बनाएर उनीहरूले काम अघि बढाउन लागेका हुन् । हालै सम्पन्न ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ पछि गुरुयोजना निर्माण कार्यान्वयन गरिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले जानकारी...बाँकी अंश →


हुस्सुले उडान अवरुद्ध

राँझा, २९ कात्तिक ,,  बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार साना र ठूला हवाई जहाजका...बाँकी अंश →


विद्यालय रहर लाग्दो भएपनि विद्यार्थी आकर्षित भएनन्

पाल्पा, २९ कात्तिक,,   रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अmभैm रहरलाग्दो पाठशाला बन्नसकेको छैन । उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई÷तीन विद्यार्थी मात्र अध्ययन गर्दैआएका छन् । फूलका...बाँकी अंश →


खाडीको रोजगारीपछि पशुपालनमा

कास्की, २९ कात्तिक,,   कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुग्नुभयो । शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उहाँले अहिले पशुपालन पेशामा आकर्षित हुनुभएको छ । बिस वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि बिदेशिनुभएका उहाँ स्वदेश फर्केर आएपछि भैँसी फार्म खोलेर पशुपालनमा आकर्षित हुनुभएको हो । “खाडी मुलुक कतार,...बाँकी अंश →


रोल्पाको जडीबुटी–तेल काठमाडौँसम्म

कात्तिक, २९ रोल्पा,,   पूर्वी रोल्पाको सुलीचौरमा स्थापित उद्योगले स्थानीय जडीबुटी प्रशोधन गरी तेल निकाल्न शुरु गरेको छ । लाल जडीबुटी प्रशोधन उद्योगबाट दालचिनी, दलसिँडे, तेजपात, बोझो, जटामसी, सिलटिमुर, सुगन्धवाल, सुगन्धकोकिला, तितेपातीलगायत जडीबुटीबाट तेल निकाल्न थालिएको हो । सो उद्योगबाट उत्पादित तेल काठमाडौँ, पोखरा, चितवनजस्ता बजारमा पठाउन थालेको उद्योगले जनाएको छ...बाँकी अंश →


जिल्ला प्रशासनमै स्वास्थ्य परीक्षण सेवा

पर्वत, २९ कात्तिक,,   जिल्ला प्रशासन कार्यालय, पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ । नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता प्रमाणित र विभिन्न सार्वजनिक अपराधका मुद्दालगायतका कामले कार्यालयमा आउने सेवाग्राहीलाई आकस्मिकरूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न यो सेवा शुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पहिलो चरणमा...बाँकी अंश →


सडक दुर्घटनामा नेतृ शाहीको मृत्यु

राँझा, २९ कात्तिक,,   बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उहाँ घाइते हुनुभएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter