
खोटाङ, ३० कातिक,, पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीनवर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी,...बाँकी अंश →

कञ्चनपुर, ३० कात्तिक,, बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५...बाँकी अंश →

बाजुरा, ३० कात्तिक,, जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा...बाँकी अंश →

रामपुर, ३० कात्तिक,, जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ । स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र हाशिमोटो केन्की कम्पनीले १९ किलोवाट क्षमताको ब्रेकरसहितको कोबेल्को कम्पनीकोे...बाँकी अंश →

दार्चुला, ३० कात्तिक,, भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नोबेम्बर १८...बाँकी अंश →

काठमाडौँ, ३० कात्तिक,, यस वर्षको ‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रविधि र अनुसन्धानको क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई दिइने भएको छ । रोटरी क्लब काठमाडौँले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पुरस्कारका लागि विज्ञान प्रविधि र अनुसन्धानका क्षेत्रमा काम गरी समाजलालाई योगदान पु¥याउने जो कोहीले पनि आवेदन दिन पाउने र...बाँकी अंश →

रामपुर, २९ कात्तिक,, पूर्वखोला गाउँपालिका पाल्पाले रजस्वला हुँदा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाका कुनै पनि विद्यालयमा रजस्वलाका बेला छात्राहरु पढाइ छाडेर घरमा बस्न नपरोस् भन्ने उद्देश्यले ७२ प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । पूर्वखोला गाउँपालिकाको ७५ प्रतिशत तथा विद्यालयको २५ प्रतिशत अनुदानमा...बाँकी अंश →

काठमाडौँ, २९ कात्तिक,, दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो । अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर...बाँकी अंश →

गाईघाट, २९ कात्तिक,, गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराउनुभएको हो । प्रहरीका अनुसार बालिका हत्यामा...बाँकी अंश →

बागलुङ, २९ कात्तिक,, वर्षाँैदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका–४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् । दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय भूमिस्वर सापकोटाले भन्नुभयो, “खानेपानी ल्याउने...बाँकी अंश →

साँखु, २९ कात्तिक,, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुग्नुभएका खनालले भन्नुभयो, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको...बाँकी अंश →

काठमाडौँ, २९ कात्तिक । कुलेश्वर आवास परिवार कल्याण सँस्था, साहित्य कला संस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११०औँ जन्मजयन्ती बुधबार मनाइएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानिसले सत्यम् सुन्दरमको जीवन जिउनुपर्छ भन्नुभयो । साहित्यकार राम विनयले संयोजन गरेको कार्यक्रममा देवकोटा सम्बन्धमा सीताराम नेपाल, गणेश मार्मिक, श्याम सापकोटा, किरणकेन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: