
काभे्रपलाञ्चोक, ३० कात्तिक ,, नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो । कार्यालयले आज सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन उपलब्ध नगराउन अनुरोध गरेको छ । स्थानीयवासीले केही...बाँकी अंश →

दार्चुला, ३० कात्तिक ,, नौगाड गाउँपालिका–४ का ४५ वर्षीया कलावती टमटा श्रीमान देवेन्द्र टमटाको यातना सहन नसकी न्याय पाग्दै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पुग्नुभयो । दिनहुँ घरमा मदिरा सेवन गरी कुटपिट र गालीगलौच गर्न थालेपछि उहाँ न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुभएको हो । ‘‘एक दिन दुई दिन हैन,...बाँकी अंश →

विराटनगर, ३० कात्तिक,, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले विश्व जनमत तयार गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित...बाँकी अंश →

पोखरा, ३० कात्तिक ,, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको...बाँकी अंश →

कुश्मा, ३० कात्तिक,, मोदी गाउँपालिका–२ कृषि उत्पादन सङ्कलन गर्ने उद्देश्यका साथ निर्माण गरिएको चिस्यान केन्द्र (शीतभण्डार) अधुरै रहेको छ । बजेट अभावका कारण निर्माण पूरा हुन नसकेको हो । चिस्यान केन्द्र अधुरै रहेपछि उत्पादन गरेको वस्तु भण्डार गरी आम्दानी गर्ने कृषकको इच्छा तत्काल पूरा नहुने भएको छ । आर्थिक वर्ष...बाँकी अंश →

काठमाडौँ, ३० कात्तिक,, नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्...बाँकी अंश →

दमौली, ३० कात्तिक,, चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते...बाँकी अंश →

काठमाडौँ, ३० कात्तिक,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताउनुभएको छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग...बाँकी अंश →

दार्चुला, ३० कात्तिक,, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे...बाँकी अंश →

परासी, ३० कात्तिक,, पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पाल्हीनन्दन–३ बेलाशपुरबाट गए राति इलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले मेलु मुसलमान भन्ने जमालुद्दिन नाउलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । गोप्य सूचनाका आधारमा नाउको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएपछि उनलाई...बाँकी अंश →

भक्तपुर, ३० कात्तिक,, दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट ६४० ग्राम खबटासहित...बाँकी अंश →

बेत्रावती, ३० कात्तिक,, किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ । स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बतीस वर्षीय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: