
गौशाला, ३ मङ्सिर,, महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति...बाँकी अंश →

बेझाड, ३ मङ्सिर,, पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि...बाँकी अंश →

सुर्खेत, ३ मङ्सिर (रासस) ः कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिनुभएको छ । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिनुभएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह...बाँकी अंश →

काठमाडौँ, ३ मङ्सिर,, कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना...बाँकी अंश →

स्याङ्जा, २ मङ्सिर,, वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्हरीले नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हबल्दार शङ्कर रिमालले जनकारी दिनुभयो...बाँकी अंश →

रोल्पा, मङ्सिर २ ,, संघीय समाजवादी फोरम नेपाल प्रदेश नं। ५ अन्तर्गत रोल्पा जिल्ला समन्वय समिती को प्रथम जिल्ला भेला सम्पन्न भएको प्रदेश प्रवक्ता अकरम पठानले जनाएका छन्। पठानको भनाईनुसार यो।कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं।५ का प्रदेश अध्यक्ष अशोक यादव,र अतिथी संगठन प्रमुख रामू यादव,सह ईन्चार्ज नवीन सुनुवर,प्रदेश महिला अध्यक्ष...बाँकी अंश →

कपिलवस्तु, मङ्सिर २ ,, कपिलबस्तु जिल्लाको कृष्णनगरमा केहि समय अगाडि दुर्गा मूर्ति बिसर्जनको क्रममा दुई समुदायबीच भएको विवादले उग्र रुप लियो । प्रशासनले तत्कालका लागि कर्फ्यू लगाएर समाधानको उपाय अपनायो । प्राविधिक रुपमा शान्तिसुरक्षा कायम भएपनि कृष्णनगरबासीमा त्यस घटनाको त्रास कायमै रह्यो सामाजिक सद्भाव खल्बलिएपछि स्थानीयवासी दुवै समुदायबीच सम्बन्ध सामान्य...बाँकी अंश →

नेपालगञ्ज, २ मङ्सिर,, यहाँस्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५६ पुरुष ६२३ र एक आश्रित बालकसहित ६७९ कैदीबन्दी राखिएको जेलर श्यामलाल लामिछानेले जानकारी दिनुभयो । उहाँले चारैतिर बलिया पर्खाल नरहेका, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा...बाँकी अंश →

पोखरा, २ मङ्सिर,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापनमा आज यहाँ आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले गुट उपगुटमा विभाजित...बाँकी अंश →

सुर्खेत, २ मङ्सिर,, लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट हुनुहुन्छ । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उहाँलाई गर्व लागेको छ । विसं २०५३ मा उहाँ नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक हुनुहुन्थ्यो । पछि त्यो पेशालाई छाडेर उहाँ तरकारीखेती गर्न...बाँकी अंश →

चितवन, २ मङ्सिर ,, भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् । बाबु छोरा...बाँकी अंश →
भक्तपुर, २ मङ्सिर,, अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: