
कपिलवस्तु ९ मङ्सिर,, प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लक्षमणघाट र रामघाटमेला हेर्न श्राद्घालुहरुको भीड लागेको छ । रामघाट मेला व्यास्थापन समिति अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भत्तजनको संख्या बढेको छ । कार्तिक बिभिन्न स्थानमा परम्परागत मेला लाग्दै आएको छ । बणगंगको रामघाट लक्ष्मणघाट, बर्गदीघाट र सीताघाट मा...बाँकी अंश →

कपिलबस्तु ९ मङ्सिर,, जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.३लक्ष्मीनगर गाउको नजिकै पोखरी मा २०७५/०८/७गते का दिन बिहाना अन्दाजी ८:३०बजेको समयमा बेवारिसे अवस्था पोखरी भित्रा अन्दाजी ५६बर्षे व्यक्ति को शव स्थानिए ले देखे पछि ई.प्र.का.कृष्णनगर मा जानकारी गराउन साथ घटना स्थल मा पुगेर प्रहरी ले उक्त शवलाई गाडी मा राखी शिवराज...बाँकी अंश →

गलकोट, ९ मङ्सिर,, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज...बाँकी अंश →

मङ्गलबारे, ९ मङ्सिर,, नेपाल पत्रकार महासङ्घ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गर्नुभएको छ । रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु १० हजारको चेक प्रदान गर्नुभएको हो । रु ५० हजारबाट महासङ्घले एक महीनाअघि...बाँकी अंश →

पाल्पा, ९ मङ्सिर,, तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली...बाँकी अंश →

बाजुरा, ९ मङ्सिर ,, जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा...बाँकी अंश →

बेझाड, ९ मङ्सिर ,, कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो । युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल...बाँकी अंश →

दमक, ९ मङ्सिर ,, झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो । तीनकोठे नवनिर्मित घर टिनको छाना, सेन्टर बेरा भएको र प्रत्येक...बाँकी अंश →

कञ्चनपुर, ८ मङ्सिर,, संरक्षणको अभावमा शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै जान थालेका छन् । संरक्षण नहुँदा पुरैना, अजिङ्गर र नरङ्गा ताल पुरिन थालेका हुन् । वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण ताल पुरिन थालेको सामुदायिक वनका अध्यक्ष दलबहादुर ऐरले...बाँकी अंश →

चोभार कीर्तिपुर, ८ मङ्सिर,, नेपालको राजधानी काठमाडाँै उपत्यकाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको चोभार आफैँमा सुन्दर पर्यटकीय क्षेत्र हो । कीर्तिपुर नगरपालिका–६ मा पर्ने चोभारबाट देखिने सुन्दर दृश्यसहित मञ्जु पार्क, बहँदै गरेको वागमती नदी, नदी छेबैको जलविनायक मन्दिर डाँडामाथि आदिनाथको मन्दिर, गुफा र केहीनजिक रहेको टौदह आफैँमा धार्मिक...बाँकी अंश →

विराटनगर, ८ मङसिर,, प्रदेश नं १ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रुपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट...बाँकी अंश →

चरिकोट, ८ मङसिर,, दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीयस्थल कालीञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । काठमाडौँ काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: